बिहिबार , साउन १०, २०८१

काठमाडौं २९ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता सम्बन्धी विधयेक प्रमाणिकरण भए अधिकांश नागरिकता सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

 

संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक प्रमाणिकरण भए भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने नेता भट्टराईले ठोकुवा गरेका हुन् ।

 

भट्टराईले भने ,मलाई लाग्छ ९८ प्रतिशत समस्या समाधान हुन्छ । अब एक डेढ प्रतिशत बाँकी होला।’

 

उक्त विधेयकले जन्मसिद्धको नागरिकता भएकाका सन्तानले वंशजको नागरिकता पाउने विषय सुनिश्चित गरेको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय