मंगलबार , फागुण १५, २०८०

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्।काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताए।

 

मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई तीन दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताए।दलहरूको सिण्डिकेट अन्त्य हुनुपर्ने उनको भनाइ थियो। उनले भ्रष्टाचार अन्त्य हुनुपर्ने पनि बताए।

 

‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले प्रमाणित गरे म उसको नोकर भएर बस्न तयार छु,’ उनले भने, ‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका तपाईंहरूलाई दिने छैन।’उनले जनताका विश्वासमाथि कुनै कुथराघात नहुने बताए। भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर आफू हिँडेको उनको भनाइ थियो।

 

निष्ठा र संस्कारको राजनीति गर्ने संकल्प आफूले लिएको उनले बताए। चुनावमा सहयोग गर्न पनि उनले जनतालाई अपिल गरेका छन्। ‘पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक हामीलाई सहयोग गर्न अपिल गर्छु,’ अध्यक्ष लिङ्देनले भने।

 

उनले जनताको हातमा निर्णायकत्व यो चुनावबाट ल्याउनुपर्ने पनि बताएका थिए। सीमित राजनीतिक दल र केही नेताले देशलाई सिण्डिकेट र मुठीमा राखेको उनको आरोप थियो।

 

उनले कांग्रेस, एमाले, माओवादी कुनै पार्टीको भएर नभई जनताले यो चुनावलाई दलको सिण्डिकेटबाट मुक्त गर्ने अभियानका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए।

 

यो पनि हेर्नुहोस, पूरा बाहुला भएको लुगा लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो ।

 

मन्त्रालयले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्त सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।’

 

डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ । त्यसैले डेंगु रोग लाग्नबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।

 

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सन्चालन गरिरहेको छ । डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय