मेयर बालेन शाहले ।
काठमाडौं सहरलाई व्यवस्थित बनाउनको निम्ति चालेको कदममा खुलेर साथ र समर्थन दिनु भएकी DIG मीरा चौधरीको योगदा नलाई नेपाली जनताले बिर्सनु हुदैन। मेयर सँगै उहापनी हरेक दिन फिल्डमा खटेको हामी देख्न सक्छौं। उहाको साथ र सपोर्ट ले नै आज बालेन शाहलाई काम गर्न निकै सहज भएको छ।मेयर बालेन शाहले काठमाडौं सहरलाई व्यवस्थित बनाउनको निम्ति चालेको कदममा खुलेर साथ ।पढ्नुहाेस बालेनको नायक शैलीले हच्कियो अदालत, दुई वर्षमा गर्न नसकेको काम १ दिनमै गरिदियो तमाम काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत हच्किएको छ । बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै गरिदिएको हो ।
मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ । दुई वर्षदेखि फुटपाथमा राखिएका सवारी साधन हटाइएको हो ।
काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फुटपाथमा राखेका सवारी साधन अन्ततः हटाएको हो । अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गरे ।
अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उनले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आएका थिए ।
समाचार बाहिर आएपछि अदालतका एक जना न्यायाधीशले आफूसँग कुरा गरेको पनि उनले स्मरण गरे । ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएका थिए, त्यसपछि ठाउँ नभएको भन्दै फुटपाथमै थुपारियो ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले केही दिन पहिले जिल्ला अदालतको अवैध संरचना हटाउने चेतावनी दिएका थिए । बीचमा अदालतले महानगरलाई नक्सा पनि पठाएको थियो ।
यता सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै बालेनसँग जवाफ माग गरिएको छ । अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।
जोशी आफैंले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘यसमा निवेदक म दिपकराज जोशी र दामोदर तिम्सिना छौँ ।
बालेन जिले अदालतले आदेश जारि गरेपछि नक्सा पासको जिम्मा अदालतलाइ दिउँ भन्ने आशयको फेसबुक स्टाटस लेखेपछि अदालतलाइ बोल्न पनि नदिने जस्तो कुरा काठ काठमाडौं मेयरबाट हुन सक्दैन ।