बिहिबार , साउन १०, २०८१

को काबिल छ, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं ।’

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र समस्या भइरहेको बताएका छन् । यस क्रममा वृद्धावस्थामा पुगेका नेताहरूले पनि उम्मेदवार बन्न दाबी गरेको भन्दै उनीहरूलाई व्यवस्थापन गर्न मुस्किल भएको अध्यक्ष नेपालले बताए ।अध्यक्ष नेपालले निर्वाचनमा टिकट लिनका लागि नेताहरूले चर्को दाबी गरिरहेको भन्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताए । बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दाबी नगरे पनि हुन्थ्यो भन्ने नेताहरूले पनि चर्को रुपमा उम्मेदवार बन्न दाबी गरेको पनि उनको भनाइ थियो । नेता नेपालले भने, ‘सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल छ, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । दाबी नगरे पनि हुन्थ्यो नि भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्न सक्दैन, बिचरा बूढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिनपाऊँ । के होला, कस्तो गाह्रो ?’

 

अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउने हो भने बेहोस् हुने हो कि भन्ने आफूलाई चिन्ता लागेको भन्दै कटाक्ष गरे । यसैबीच अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराएका थिए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको सुझाव थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय