बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षधर प्रदेश सभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । तर, यही चुनौतीबीच उनी भने विवाह गर्दैछन् ।

राईले ११ माघमा विवाह गर्न लागेका छन् । उनकी दुलही पनि नाम चलेकै युवती हुन् । उनी हुन् सन् २०१८ कि मिस मंगोल ज्याङमु शेर्पा । मुख्यमन्त्री राईभन्दा शेर्पा ३० वर्षले कान्छी छिन् । राई ५० र शेर्पा २० वर्षका छन् ।

शेर्पा ११ वर्षकै उमेरमा मिस किड क्विन नेपालमा भाग लिएकी थिइन् । त्यसपछि उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिइन् ।

संखुवासभा स्थायी घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी छिन् । उनी मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय छिन् ।
मुख्यमन्त्री राईले काठमाडौंमा नेकपाका केही नेताहरु, मित्रहरु र परिवारका सदस्यहरुलाई विवाहको निम्तो पनि गरिरहेका छन् ।

राई नेकपाको राजनीतिमा सफल नेतामध्ये मानिन्छन् । उनी २७ वर्षको उमेरमै भोजपुरमा चुनाव जितेर चर्चामा आएका थिए । उनी सञ्चारमन्त्री हुँदै पहिलो प्रदेशसभा चुनावमा विजयी भई मुख्यमन्त्री बन्न सफल भए । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राई तत्कालिन नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय