मंगलबार , फागुण १५, २०८०

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचन २०७४मा झापा क्षेत्र नम्बर-५बाट निर्वाचित सांसद हुन । उनले सो क्षेत्रबाट ५७ हजार १३९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ प्राप्त गरेका थिए ।

 

यसरी ओली र अधिकारीबीचमा २८ हजार ८४२ मतान्तर कायम भएको थियो । यद्यपि यो निर्वाचनमा अधिकारी कांग्रेसको एक्लो शक्तिमा चुनाव लड्दा एमाले अध्यक्ष ओलीलाई नेकपा माओवादी केन्द्र र राप्रपाको पनि समर्थन थियो ।

 

जेसुकै भएपनि यो निर्वाचन क्षेत्रमा एमाले एक्लै निकै बलियो छ । झन् प्रधानमन्त्रीको बन्ने लाइनमा रहेका ओली उसैपनि थप शक्तिशाली हुने नै भए ।यो निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ वडा र गौरिगञ्ज गाउँपालिकाका ४ वटा वडा गरी २९ वटा वडा समावेश छन् ।

 

अहिलेको स्थितिमा पनि एक्लै एमाले यहाँ निकै बलियो देखिन्छ । जसमा ओलीको व्यक्तिगत ओजले पनि यहाँ उनलाई हराउन सकिने स्थिती सहज देखिँदैन । ओलीको गृहनगर दमकमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको दमकमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको गठबन्धनले मेयर र उपमेयरमा एमालेलाई हराएको छ ।

 

वडाको नतिजा भने एमालेकै पक्षमा छ । यहाँका १० वडामध्ये ७ एमाले, २ मा कांग्रेस र १ मा राप्रपा जितेको छ । यस्तै सत्तारूढ गठबन्धनको बलमा कमल गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष जितेको छ । तर, उपाध्यक्षमा एमाले नै जितेको छ ।

 

वडामा यहाँपनि एमाले एक्लैले ४ वडा जित्दा सत्तारूढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले १/१ वडा जितेका छन् । यस्तै यस निर्वाचन क्षेत्रमा रहेका गौरादह नगरपालिकाका ८ वडामध्ये ४ मा एमालेले जितेको छ भने, २ मा कांग्रेस, १ मा माओवादी केन्द्र र १ मा स्वतन्त्रले जितेका छन् ।

 

गौरीगञ्ज गाउँपालिकाका चार वडामध्येमा पनि ३ मा एमाले जित्दा १ मा कांग्रेस जितेको छ । स्थानीय तह निर्वाचनको नतिजाअनुसार एक्लाएक्लै एमाले निकै शक्तिशाली देखिदाँ सत्तारूढ पाँचदलीय गठबन्धनको शक्तिले मात्रै यहाँ एमालेलाई हराउन कठिन देखिन्छ ।

 

यहाँ एमालेको वडाध्यक्ष उम्मेदवारहरूले कुल ४१ हजार ६१९ मत बटुलेका छन् । जसमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २२ हजार २१, माओवादी केन्द्रका वडाध्यक्षहरूले १० हजार ७८८ र नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले एकहजार ८६० मतमात्रै पाएका छन् ।

 

जसको कुल योग ३४ हजार ६६९ मात्रै हुन्छ । यहाँ राप्रपाका वडाध्यक्षहरूले पाएको मतको कुल योग ८ हजार ४०१ छ । सो मत सत्तारूढ गठबन्धनतर्फ जाँदा मात्रै एमालेका लागि केही सकस पर्नसक्ने देखिन्छ ।

 

यद्यपि दुईपल्ट प्रधानमन्त्री भइसकेको र फेरी पनि प्रधानमन्त्रीकै लाइनमा रहेको व्यक्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय