माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् ।

 

 

 

आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’

 

एमाले र कांग्रेस सिङ्गल-सिङ्गल भिड्ने, कसैले प्रचण्डलाई नबोक्ने !

सीट बाँडफाँटमा भइरहेको सकसले सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तनावमा छ । ‘अनुकुल’ परिस्थितीमा बहुमत आउनेगरी निर्वाचनमा जाने चाहनामा रहेको कांग्रेसका लागि निर्वाचनमा जानुअघि नै सीट बाँडफाँट टाउको दुखाईको विषय बनेको छ ।

 

यसबीचमै प्रमुख विपक्षी एमालेले सिंगल सिंगल चुनाव लडौं भन्ने प्रस्ताव अनौपचारिक रुपमा विभिन्न च्यानलबाट कांग्रेसलाई राखिसकेको छ । एमालेले कांग्रेसलाई सीट बाँडफाँटका कारण गठबन्धन टुट्यो भने पनि एमालेले माओवादी र नेकपा एसलाई नबोक्ने आश्वासन समेत दिएको छ ।

 

कांग्रेसको केन्द्रीय समिति बैठकले ‘आफ्नो एकल बहुमत आउनेगरी गठबन्धन दलबीच चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो । यसका लागि प्रत्यक्षतर्फ कम्तिमा १०० सीटमा उम्मेदवारी हुनुपर्ने कांग्रेसको समिक्षा थियो ।

 

तर, गठबन्धनका अन्य दलहरू नै कांग्रेसलाई बहुमतप्राप्त गर्नबाट रोक्न खोजिरहेका छन् । यसका लागि सीट बाँडफाँटमै ‘लगाम’ लगाएर चुनावमा जाने उनीहरूको रणनीति छ ।

 

यही कारण सीट बाँडफाँटको विषय कांग्रेसका लागि टाउको दुखाई बनेको छ । यसमा सबैभन्दा बढी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भूमिका खेलिरहेका छन् ।

 

माओवादी केन्द्रले कांग्रेसलाई ८० सीटमा रोक्न चाहेको छ । त्यसो हुँदा कांग्रेसले ७० सीटमै जितेपनि आफू निर्णायक शक्ति हुने उसको बुझाई छ । अर्कातिर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई ७० सीटभन्दा बढी छाड्न नसकिने अडानमा छन् । उनको पार्टीले पनि ४० सीट मागिरहेको छ ।

 

यस्तै कांग्रेसको बलियो जनाधार रहेको मधेसमा जनता समाजवादी पार्टीले ३२ मध्ये २० सीटसहित देशका अन्य ठाउँबाटगरी समग्रमा ३२ सीट मागिरहेको छ । एक्लै लड्दा ८० सीट जित्न सकिने आँकलन गरेको कांग्रेस गठबन्धनमा त्यति सीटमा उम्मेदवार उठाउन बार्गेनिङ गर्नुपर्ने ठाउँमा पुगेको छ ।

 

यही कारण सत्तारूढ गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनाएको ११ सदस्यीय सीट बाँडफाँट कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण गर्न नसकी अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

 

कांग्रेसले भोगिरहेको यो सकसकाबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो ‘गेम’ जारी राखेको छ । एमाले गठबन्धन टुटाउन चाहान्छ,त्यहि भएर शेरवहादुर देउवाले शुक्रवार पनि गठबन्धन भत्काउने षडयन्त्र जारी रहेको भन्दै गठबन्धन टुटे कांग्रेस पनि सिद्धिने बताए ।

 

कम्युनिस्टको भर हुन्न भन्दै देउवा गठबन्धन टुट्यो भने माओवादी एमालेको शरणमा जाँदैन भन्ने ग्यारेन्टी नरहेको बताएर पार्टीमा आफ्नो मत हाबी गराइरहेका छन् ।एमालेले भने कांग्रेसका विभिन्न तहका नेताहरुलाई गठबन्धन तोडियो भने माओवादी र एमाले जोडिन्छन् भन्ने आशंका नगर्न आश्वस्त पार्न खोजिरहेका छन् ।

 

एमाले अध्यक्ष केपी ओलीदेखि विभिन्न तहका नेताहरुले कांग्रेसका नेताहरुसँग एक्ला एक्लै प्रतिस्पर्धा गरौं भनिरहेका छन् । तर देउवालाई कन्भिन्स गर्न नसकिएको कांग्रेस नेताहरु बताउँछन् ।

 

एमालेले भनेको छ–एक्लाएक्लै भिडौं, माओवादी केन्द्र र नेकपा एसलाई कोही नबोकौं । यदि कांग्रेसलाई कतै एमालेले माओवादीसँग तालमेल गर्छ कि भन्ने आशंका छ भने लिखित रुपमै हामी दिन पनि तयार छौं । कम्तिमा यो एक चुनाव एमाले र माओवादीबीच तालमेल वा गठबन्धन हुँदैन । एमालेले कांग्रेसभित्रको भयलाई बुझेरै यो प्रस्ताव राखेको स्रोत बताउँछ ।

 

‘उहाँहरू(कांग्रेस नेता)मा एक डर अहिले पनि के जीवित देखिन्छ भने, माओवादीलाई कांग्रेसले छाड्दा एमालेले बोक्छ र फेरी २०७४ कै जस्तो आफ्नो हार हुन्छ भन्ने,’ एमाले स्रोतले भन्यो‘हामीले प्रस्ट भनेका छौं–हामी पनि बोक्दैनौं । तपाईहरू पनि नबोक्नुस् ।’

 

कांग्रेस र एमालेबीचमा रहेको यही त्रासको फाइदा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाइरहेको र देशलाई अपस्थिरता तर्फ धकेलिरहेकोकांग्रेस नेता)मा एक डर अहिले पनि के जीवित देखिन्छ भने, माओवादीलाई कांग्रेसले छाड्दा एमालेले बोक्छ र फेरी २०७४ कै जस्तो आफ्नो हार हुन्छ भन्ने,’ एमाले स्रोतले भन्यो‘हामीले प्रस्ट भनेका छौं–हामी पनि बोक्दैनौं । तपाईहरू पनि नबोक्नुस् ।’

 

कांग्रेस र एमालेबीचमा रहेको यही त्रासको फाइदा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाइरहेको र देशलाई अपस्थिरता तर्फ धकेलिरहेको एमालेको बुझाइ छ । कांग्रेसले यति भाग नदिए एमालेतिर लाग्छु भनेर प्रचण्डले दङ्ग्याइरहेको एमलेले बुझेको छ ।

 

‘यही कुरा कांग्रेसलाई भनिरहेको छौं । प्रचण्डले एमाले देखाएर कांग्रेसलाई त्रासमा राखेको डर अहिल्यै समाप्त पारौं । यो घाडो अब नबोकौं । एक्लाएक्लै लड्दा कांग्रेस–एमालेलाई नै फाइदा हुन्छ,’ एमाले नेताहरुले कांग्रेसका नेताहरुलाई भनेका छन् । ओलीलाई भेटेका नेता शेखर कोइरालाले एमालेबाट एक्ला एक्लै लडौं भन्ने प्रस्ताव आएको बताए ।

 

यो कुरामा कांग्रेस नेताहरू सकारात्मक रहेपनि सभापति देउवा एमालेले माओवादी केन्द्रलाई बोक्दैन भन्ने कुरामा अझै आश्वस्त हुन सकेका छैनन् । जापान जानुअघि ओलीलाई भेट गरेका मिनेन्द्र रिजालले पनि देउवालाई कन्भिन्स गर्न सकेका छैनन् । यसबीचमा ओली आर्फैले पनि देउवालाई आफूले माओवादीसँग मिलेर चुनाव नलड्ने आश्वासन दिएका थिए ।

 

‘माधवकुमार नेपाललाई एमालेले बोक्दैन भन्नेमा त हामी विश्वस्त छौं । तर माओवादीको हकमा अझैं विश्वस्त हुन नसकिरहेको अवस्था हो । के थाहा भोलि तलको आवश्यकता भन्दै भटाभट तलतलै एमाले र माओवादी मिल्न सक्छन्,’ कांग्रेस नेताहरु भन्छन ।

 

कांग्रेस र एमालेबीचको यस्तो संवादमा एमाले र कांग्रेसका दोस्रो तहका नेताहरू सक्रिय रहेको स्रोत बताउछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै कांग्रेसका नेता शेखर कोइराला,मिनेन्द्र रिजाल लगायत देउवाका निकटस्थ नेताहरुलाई पनि यस्तो प्रस्ताव राखिसकेका छन् ।

 

गठबन्धन नै हुने अवस्थामा कांग्रेसले सोचेजस्तो नतिजा नआउने र आफ्नो पनि सोहीअनुसारको ‘गेम’ हुने मनोवैज्ञानिक त्रास पनि एमालेले कांग्रेस नेताहरूलाई तेस्र्याएको छ ।

 

गठबन्धन हुँदा कांग्रेसका देशभरी नै विद्रोही उठ्ने अवस्था देखिन्छ । यस्तोमा एमालेले आफू नजित्ने ठाउँमा तीनै विद्रोहीलाई बोक्ने, आफू जित्ने ठाउँमा उनीहरूलाई उक्साउने र मत काट्न लाउने रणनीतिको डर कांग्रेसलाई नभएको होइन । केही जिल्लाका कांग्रेस नेताहरुले यसबीचमा एमालेको साथ लिएर विद्रोही बन्ने तयारी समेत गरिसकेका छन्े ।

 

गठबन्धन दलमा सीटको किचलो बढ्दै जाँदा कांग्रेस तालमेलको निर्णयबाट ब्याक भएर एमालेकै रणनीतिअनुुसार एक्लाएक्लै चुनावमा जाने अवस्थामा आउन सक्यो भने माओवादी र नेकपा एसको ‘बिल्लीबाठ’ हुने आशा एमालेको छ । एमालेको चाहना भनेको कांग्रेसले प्रचण्ड माधवलाई नबोकेस् र उनीहरु चुनावमा परास्त हुन् भन्ने नै हो ।

 

कांग्रेस र एमाले एकल प्रतिस्पर्धामा उत्रिदा पहिलो पार्टी बन्न सकिने विश्वास एमालेमा छ । त्यतिमात्र होइन एमालेले आफ्नो विगतको साइजमै पुग्ने अनुमान गरेको छ । गठबन्धन हुँदा प्रत्यक्षतर्फ हुने क्षति आँकलन गरेरै उसले कांग्रेसलाई एक्लै लड्न प्रेरित गरिरहेको छ ।एमाले उपाध्यक्ष सुवास नेम्वाले भने–गठबन्धन गर्ने नगर्ने उहाँहरुको कुरा हो । यो गठबन्धन मुलुकको हितमा छैन भनेर एमालेले भनिरहेकै छ ।

 

जहाँसम्म कांग्रेसको आशंकाको कुरा हो,हामीले त पहिले नै भनिसकेका छौं उहाँहरुलाई कि हामी यो चुनावमा माओवादीसँग कुनै किसिमको सहकार्य गर्दैनौं । अब एमाले देखाएर माओवादीले कांग्रेसलाई त्रासमा राख्छ भने त त्यो उहाँहरुको समस्या हो ।सीट बाँडफाँट पेचिलो बन्दै जाँदा सय सीटको बटमलाइन लिएको कांग्रेस ८५ मा झरिसकेको छ । तर पनि गठबन्धन दलहरुको चित्त बुझेको छैन ।

 

जसपा नेपाल गठबन्धनबाट बाहिरिने चेतावनी दिइरहेको छ । सीट बाँडफाँट अन्तिम चरणमा पुगेर असफल हुने र मिलेका केही शीर्ष नेताको ठाउँबाहेक अन्य मित्रवत प्रतिस्पर्धा गरौं भन्ने ठाउँमा गठबन्धनल ाई पुर्याउनका लागि कांग्रेसकै केही नेताहरुको प्रयास जारी छ ।

 

स्थानीय तहको निर्वाचन नतिजा अनुसार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ७६ मा कांग्रेस, ७१ मा एमाले, ८ मा माओवादी केन्द्र, जसपा ५, लोसपा २, नेकपा एस १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टी १ सीटमा जित्ने तथ्यांक देखिन्छ । यो भनेको वडाको मतको आधारमा निकालिएको तथ्यांक हो ।

 

प्रतिकृया दिनुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय