शनिबार , असार ३०, २०८१

सत्तारुढ दल नेकपा माओवादी केन्द्र झापा- ५ ले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र रहेको सो क्षेत्रबाट माओबादी केन्द्रले चार जनाको नाम सिफारिस गरेको छ।

 

प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा- को बैठकले आगामी निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार-चार जना उम्मेदवारहरु सिफारिस गरेको हो ।

 

त्यस्तै ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘म अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको मान्छे । स्वतन्त्र उम्मेदवारको रुपमा जनतासँग इमान्दार भएर काम गर्ने चाहना छ,’ उनले भने ।

 

प्रत्यक्ष तर्फ झापा- ५ मा रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिसमा परेका छन् । तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् ।

 

२०७४ सालको निर्वाचनमा ओली सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए । तर त्यस समयमा ओली बाम गठबन्धनको साथ थियो। यो पटक भने ओली अर्थात् एमाले एक्लै निर्वाचनमा होमिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय