बुधबार , फागुण १६, २०८०

काठमाडौं । नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन अमेरिकन डलर चाहिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

 

लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन सो रकम चाहिने बताएका हुन् ।

 

‘नेपालले सन २०४५ सम्म जिरो कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । यसकालागि ठुलो रकम चाहिन्छ’, प्रधानमन्त्री देउवाले भनेउनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आग्रह समेत गरे ।

 

लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरममा लगानीकर्ता सहजीकरणको लागि तयार पारिएको वान स्टेप सर्भिस वेबसाइटको पनि उद्घाटन गरिएको छ ।

 

यो डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहरीकरणसँग सम्बन्धित सबै निकायहरू आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान हुने लगानीबोर्डले जनाएको छ ।

 

यस्तै नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको स्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल नामक अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

 

उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय