आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेपाली राजनीति

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्।

पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि प्रधानमन्त्रीबाट फिर्ता र अनुशासनको कारवाही पार्टीले गर्न सक्ने प्रचण्डको भनाइ छ।

‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे। एउटै मात्रै प्रधानमन्त्री हुन्थ्यो त? सबै निर्वाचित सांसद हुन्। सबै प्रधानमन्त्री हुँदैन। तपाईंलाई पार्टीले प्रधानमन्त्री बनायो। चाहेपछि झिकिदियो। अनुशासनमा राख्ने र नसके कारवाही गर्ने भन्ने तपाईंलाई थाहा थियो,’ प्रचण्डले काठमाडौंमा आज आयोजित राष्ट्रिय युवा संघको बैठकमा भने।

प्रधानमन्त्री ओलीले आफूलाई जनताले प्रधानमन्त्री बनाएको बताउँदै आएका छन्। प्रचण्डले उक्त भनाइलाई लक्षित गर्दै अभिव्यक्ति दिएका छन्।

ओली पार्टी बैठकबाट पटकपटक भाग्ने गरेको प्रचण्डको भनाइ थियो।

‘बैठकबाट किन भाग्नुभयो? बैठक राख्यो हरेकपटक भाग्ने किन गर्नुभयो। बहुमतको निर्णय किन इन्कार गर्नुभयो। गरेको निर्णय किन मान्दिनँ भन्नुभयो?,’ प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न छ।

यस्तै ओलीले प्रतिक्रियावादीसँग साँठगाठ गर्ने र जनताको उपलब्धिमाथि प्रहार गरेको उनको आरोप छ।

‘हामी तपाईंको बाटो हिड्न सक्दैनौं। घृणा गर्छौं। तपाईंको बाटो पतन र जनताप्रति घातको बाटो हो,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय