मंगलबार , फागुण १५, २०८०

गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२बाट राजनीतिक बृत्तमा चिनिएका हुन्। थापाको जन्म २०३३ सालमा काठमाडौँको प्रसूति गृहमा भएको हो।

 

उनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्। उनको जन्म कश्यप गोत्री गोदार थापा कुलमा भयो ।

 

गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्र नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्। दाजु पवन हुन् भने भाइहरू सुमन र जीवन। गगनले सिर्द्धार्थ वनस्थली हाइस्कूलमा पढे।

 

त्यहाँ पढुञ्जेल उनको इच्छा डाक्टर-इन्जिनियर बन्ने नै थियो। परिवार र विद्यालयमा पनि त्यही सिकाइन्थ्यो। २०४६ सालको जनआन्दोलनमा गगन सक्रिय भए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। तर, राजनीतिमा लाग्ने सोचाइ थिएन।

 

दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति को प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली काग्रेसका युवा नेता गगन थापा एक सभासद को रूपमा सदा चर्चाको शिखरमा रहे ।

 

 

समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो।

 

हाल थापा नेपाली कांग्रेसको महामन्त्री छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए ।

। ।

उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका थिए। उनै गगन थापाले केहि समय पहिले नेता भनेको ओली जस्तो हुनु पर्छ भनेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय