बिहिबार , फागुण १०, २०८०

धरानमा पानी झरेपछि ढुंगे मेयर भन्नेलाई प्रेम संजेलको जवाफ: हर्क सम्पाङ चिनियाँ राष्ट्रपति जस्तो तुलना गरे।

र यो पनि पढ्नुहोस्।

“भ्रष्टाचार विरोधी अभियन्ता प्रेमप्रसाद सञ्जेल र डा. बोधप्रसाद पराजुलीको अपिल”

 

1. २०७९ मंसिर ४ गते हुन गईरहेको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा उम्मेद्वारी दिने नवगठित पार्टी र स्वतन्त्र उम्मेद्वार अभियान संजाल लगायत सबै स्वतन्त्रउम्मेद्वार हरुलाई एकतावद्ध भई चुनाव लड्नुपर्ने गम्भिर चुनौती हँुदाहुँदै पनि यसमा कसैको ध्यान गएको छैनl

2. हालै सम्पन्न स्थानीय निर्वाचनको नतिजालाई देखेर नवगठित पार्टी,स्वतन्त्र उम्मेद्वार अभियान संजाल लगायत सबै स्वतन्त्र उम्मेद्वारहरुलाई आगामी चुनाव सजिलै जितिन्छ भन्ने भ्रम छl

3. तर नवगठित पार्टी र स्वतन्त्र उम्मेद्वार अभियान संजाल लगायत सबै स्वतन्त्र उम्मेद्वारहरुले यो भ्रमबाट मुक्त हुनु जरुरी छl

4. विगत ३० बर्ष देखि सत्ताको स्वाद्मा रुमलिएका दलहरु प्रति जनताको घोर वितृष्णा छ । यो ध्रुव सत्य हो । तर दलहरुलाई चुनावमा हराउनु त्यत्ति सजिलो पनि छैन, किनकी यिनीहरुसँग मनी र मसलको कमी छैनl

5. अतःनवगठित पार्टी,स्वतन्त्र उम्मेद्वार अभियान संजाल लगायत सबै स्वतन्त्र उम्मेद्वारहरु र ससाना पार्टीले एकवद्धभै साझा उम्मेद्वार दिन अपरिहार्य छ l

6. विगत स्थानीय निर्वाचनमा विवेकशीलका रन्जु दर्शना र साझा पार्टीका किशोर थापा दुबैको नराम्रो पराजय यसको ज्वलन्त उदाहरण हो । पछि “भाई फुटे गवाँर लुटे” भन्ने अवस्था नआओस् ।

7. नवगठित पार्टीहरु,स्वतन्त्र उम्मेद्वार अभियान संजाल, स्वतन्त्र उम्मेद्वारहरु र ससाना पार्टीहरुमा कोहि अनुभवको दम्भमा, कोहि केटाकेटीपनमा र कोहि समानुपातिक साँसदको पद हत्याउने लोभमा चुर्लुम्म डुबेको देखियो ।

8. यसरी दम्भ, केटाकेटीपन र लोभमा फँसेर एक्ला एक्लै चुनाव लड्ने हो भने यी सबैको चुनावमा पराजय हुने निश्चित छ

9. दम्भ,केटाकेटीपन,लोभ त्यागौं, जनताले रुचाएका योग्य साझा उम्मेद्वारहरुलाई टिकट दिई विजयी बनाऔं ।

10. जनताको वितृष्णाका थुप्राको रुपमा रहेका सधैं सत्तामा टाँसिई फोहोरी खेलमा रम्ने दलहरुलाई स्वाद चखाऔं । आफैं हाँसोको पात्र नबनौं ।

Iiii

घुस्याहाको छाला काढौ । सि डि ओ ले किर्ते भर्पाइ गरी पि. ए . र पियनको तलब बुझेर खाने घृणित काम आजै देखी बन्द गरौ I

lll

तपाईसँग कुनै कर्मचारी वा दलालले सरकारी वासस्थान को काममा घुस मागेमा पैसा नलाग्ने न‍वर १०७ मा कल गर्नुहोस् l

iiiii

नेपाली कम्युनिष्टहरु “हड्डीको लडाइ” र “कमाउनिष्ट” भएरै सकिए। विश्वमा यति धेरैभ्रष्ट कम्युनिष्टहरु शायदै अन्यत्रका देशमा होलान। छि: छि: छि:। लाज हुँदैन।फेरि भोट कुन मुखले माग्ने?

र यो पनि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने धारणा राखेका छन् ।

 

आज पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले भने, “देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।”

 

अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आगामी निर्वाचनमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याए ।

 

उनले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनाव जस्तो नभएर आगामी चुनाव देशमा समृद्धि ल्याउन तथा संविधान कार्यान्वयन गर्न महत्वपूर्ण रहेको पनि बताए ।जनताले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताए । उनले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय