शनिबार , बैसाख ८, २०८१

एजेन्सि:

घर छोडेर सम्पर्कबिहीन भएको ५५ वर्षपछि एक वृद्ध घर फर्केका छन् ।

उनलाई घरकै केही सदस्यले त चिन्दै चिनेनन् ।

वैदेशिक रोजगारीका सिलसिलामा भारत गएका भक्तपुर सुर्यबिनायक नगरपालिका–८ सिपाडोलका केदार थापा ५५ वर्षपछि घर फर्केका हुन् ।

उनी वि २०२१ सालमा भारत गएका र यहि फागुन २६ गते घर फर्किएका हुन् ।

विवाह गरेको ७ महिनामा श्रीमती र आँखा नदेख्ने बाबु आमालाई छाडेर गुमनाम भएका थिए ।

१९९७ साल असार ८ गते शुक्रबार गते आफ्नो जन्ममिति भएको बताउने थापा आफ्नो दाजु गोबर्धन थापा (हाल उनको निधन भइसकेको) सँग भारत हुँदै भुटानसम्म पुगेको बताउँछन् ।

दाजु बीचमा बिरामी भएर नेपाल फर्के भने आफू चाहिं उतै बसेको उनले बताए । बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि बीचमा एक पटक ओखलढुंगामा आफन्तको बिहेका लागि नेपाल आएका थिए ।

तर उनी त्यस समय घर भने नआएको बताउँछन् । हाल भारतको आसाममा बस्दै आएका उनले आफूसँग श्रीमती, ४ छोरा र एक छोरी भएको स्विकार गर्दै आफुले यहाँकी श्रीमतीलाई धोका दिएको र आफु पा’पी भएको समेत बताए ।

केवल मनभरी सम्झना र आँखाभरी आँसु बोकेर ५५ वर्षसम्म उसैको बाटो हरेर बस्नु सामान्य कुरा थिएन ।

नारी महान हुन्छन् र उनीहरु जस्तोसुकै परिस्थितिको सामना गर्न सक्दछन्। आफू अरुको लहैलहैमा लागेर भारत छिरेको बताउने उनी अहिले आफ्नो मातृभूमि सम्झेर आएको बताउँछन ।

आमाबुबाको निधन हुँदा समेत घर नफर्किएका उनि अब आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्नो जन्मभूमि फकिएको छु, अब नफर्कने बतउछन ।’

विवाह भएको ७ महिना पनि नपुग्दै आफूलाई छोडेर हिडेका श्रीमान् लामो समय पछि घर फर्किएकोमा उनकी श्रीमती ६९ वर्षीया हिरा थापा भने खासै खुसी देखीनुहुन्न ।

उनी भन्छिन्, ‘आँखा नदेख्ने आमाबुबालाई छोडेर जान सक्नेले फर्किएर आउँछन भन्ने आफूले कल्पना समेत गरेको थिइन ।’ श्रीमान् घर आए देखि उनको आँखाबाट आँशु बगी रहेका छन् ।

कलिलो उमेरमा विवाह गरी छाडेर जाने गुमनाम श्रीमानलाई पर्खेर आँखा नदेख्ने दृष्टिविहिन सासु ससुराको स्याहार गरेर बसेकी उनी यतिलामो समय पछि श्रीमान् फर्किदा पनि उनी मुस्कुराउन सकिरहेकी छैनन् ।

बिहे गरेको ७ महिना मै श्रीमानले घर छाडेर गएपछि केवल मनभरी सम्झना र आँखाभरी आँसु बोकेर ५५ वर्षसम्म उसैको बाटो हरेर बस्नु सामान्य कुरा थिएन ।

नारी महान हुन्छन् र उनीहरु जस्तोसुकै परिस्थितिको सामना गर्न सक्दछन् भन्ने हिराको यो जीवनले पनि प्रष्ट देखाउँछ ।

उनको दौतरी नाताले भाइ पर्ने अर्जुन थापाले दाजुको रुपमा रहेका सँगैका दौतरीलाई लामो समयपछि घरको आँगनमा देख्न पाउँदा खुशी लागेको र त्यो डाडाँ पाखामा खेल्दै हुर्केको विगत सम्झाए ।

उनले भने, ‘सानैमा साहै चन्चले हुनुहुन्थ्यो दाजु र सँगै खेल्थ्यौ र लड्थ्यो पनि तर बिहे गर्नासाथ भाग्नुभयो यत्रो वर्ष नआउँदा आशा मा रेका थियौ, आउनु भयो खुसी छौं ।’ केदारसँगै उनको दोस्रो श्रीमतीको जेठा सुपुत्र पनि साथमै आएका छन् ।

४८ वर्ष उमेर पुगेको बताउने उनले बाबुको इच्छा नभएकै कारण अहिलेसम्म नेपाल नआएको र पछिल्लो समय विराटागर आएको समयमा पशुपति दर्शन गर्ने जाने उद्देश्यले यहाँ आएको बताए ।

उनले बाबुको इच्छा नेपालमै बस्ने भएका आफूहरु पनि यतै आउने बताए । उनको घरमा अहिले आफन्त र छरछिमेकीको भिड छ भने उनका बारेमा गाइगुईसमेत चल्न थालेका छन् ।

कसैले सम्पत्ती देखेर आयो, कसैले बल्ल पहिलो बुढिको माया लागेछ भन्दै अडकल गरेका छन् । जे होस् यो थापा परिवारमा एक किसिमको खुसी छाएको हामीले पायौं, जो ५५ वर्षपछि छुटिएको सम्बन्ध जोडिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय