शुक्रबार , चैत्र १६, २०८०

काठमाण्डौँ:

नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित

आठजनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

दाहाल–नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उनीहरु पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ ।

सो समूहले मुख्यमन्त्री राईसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ,

प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको हो ।

उनीहरुलाई प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको जनाइएको छ ।

नेकपाको संसदीय दलको विधान ०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको पत्रमा उल्लेख छ ।

दाहाल–नेपाल समूहले उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

निलम्बन गरिएका आठैजनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको सो समूहले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय