बिहिबार , बैसाख ६, २०८१

काठमाडाैं:

‘केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न दिइएन’-

नेकपा नेता एवं उर्जा मन्त्री टोपबहादुर रायमाझीले भन्नुभयाे ।

अर्घाखाँचीको मालारानीमा नेकपाले गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षणमा बाेल्दै मन्त्री रायमाझीले साे कुरा बताउनु भएकाे हाे ।

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडकमा पुर्‍याउने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकाे डिजाइनलाई केपी ओलीले असफल पार्नुभएकाे मन्त्री रायमाझीले बताउनुभयाे ।

प्रचण्ड समूहले बाह्य शक्तिको इशारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको मन्त्री रायमाझीले सुनाउनुभयाे ।

प्रचण्ड समूहले एकताको मर्म विपरीत पार्टीभित्र चरम गुटबन्दी गरेर पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याएको रायमाझीले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय