मंगलबार , बैसाख ११, २०८१

काठमाडौँ :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्डले अब कुनै पनि स्थानबाट चुनावमा जित्न नसक्ने बताएका छन्।

राजनीतिक रूपमा विभाजन भएर गएका प्रचण्डले देशका कुनै पनि स्थानबाट प्रतिनिधिसभा सदस्य चयन हुन नसक्ने उनको दाबी छ ।

काठमाडौँ, चितवन र सिराहा कतैबाट पनि निर्वाचन जित्न नसक्ने दाबी गर्दै नेकपाका अध्यक्ष प्रचण्डलाई अब राष्ट्रियसभा मात्रै स्थान रहन सक्ने बस्नेतले बताए।

“म दावाका साथ भन्छु, प्रचण्डजीले अब काठमाडौँ, चितवन र सिरााहालगायत कुनै पनि स्थानबाट जित्न सक्दैनन्।

उनी रोल्पा–रुकुम जान खोज्लान् तर त्यहाँ पनि उनलाई स्थान छैन,” बस्नेतले भने,

“एउटा झिनो आशा छ, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य मात्रै बन्न सक्छन्, त्यसका लागि उनी सच्चिनु पर्छ।”

प्रतिनिधिसभामा प्रचण्डको अन्तिम कार्यकाल भएको जनाउँदै नेता बस्नेतले गल्ती स्वीकार गरेर फर्कन पनि आग्रह गरेका छन्।

बस्नेतले प्रचण्डलाई पार्टीमा फर्कन आग्रह गरेलगत्तै हलबाट ‘देश बिगार्ने किरालाई ल्याउनुहुन्न’

भन्दै लामो समय हुटिङ चलेको थियो। बाग्मती प्रदेश स्तरीय युवा संघको जारी भेलामा बस्नेतले मन्तव्य दिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय