शुक्रबार , चैत्र १६, २०८०

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कहाँबाट निष्कासित गरेको भनेर प्रश्न गरेका छन्।

शनिबार राजधानीमा आयोजित युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई प्रश्न गरेका हुन्।

‘उहाँहरूले मलाई पार्टीबाट निकाल्नुभयो रे! म सोध्न चाहन्छु, मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट?’, ओलीले प्रश्न गर्दै भने,‘कहिले कहिले मच्छरले हात्ती खान्छ। केपी ओलीलाई निकालें भन्नु त्यस्तै हो।’

माइतीघरमा बस्दाबस्दा खाजा खान कार्की बैंकेट गएको बेला माधवकुमार नेपाल अध्यक्ष भएको भन्दै उनले कमेडियन शो हेर्न सुझाए।

‘कुन महाधिवेशनबाट माधव नेपाल अध्यक्ष भए? कठैबरा बिचरा।

कार्की बैंकेटमा भोज खान जानुभएछ। त्यहाँ कसैले तपाईंनै अध्यक्ष हो है कमरेड भनेछ। त्यसपछि अध्यक्ष रे!’, ओलीले भने, ‘यस्तो मजाकले राजनीतिक हाकिन्छ देशको? पार्टी अध्यक्ष हुनलाई महाधिवेशन हुनुपर्दैन? यी पद लोलुप, रिमोटबाट चलेका तत्वको ध्वजी उडाउनुहोस्। उनीहरुबाट जनतालाई मुक्त गराउनुहोस्।’

चिन्ह हाम्रो हो भनेर निर्वाचन आयोगमा जाँदा लाज लाग्नुपर्दैन।

त्यस्तै, ओलीले प्रचण्डले सूर्य चिह्न मेरो भन्न नमिल्ने बताए। हामी मात्र आधिकारिक हो यसो भन्न प्रचण्डलाई लाज हुनुपर्ने उनको भनाइ छ।

‘सूर्य चिह्न पाऊँ भनेर निर्वाचन आयोगमा जान प्रचण्डलाई लाज हुनुपर्दैन? प्रचण्ड सूर्य चिह्नमा कहिल्यै लडेका छन् चुनाव? अर्कै चिह्नबाट चुनाव लडेकाले सूर्य चिह्न मेरै हो भन्न मिल्छ?’, ओलीले भने।

उनले यो भन्दा मजाक अर्को नहुने बताए। २०७४ को चुनावअघि एउटै चुनाव चिह्नमा लडौं भन्दा नमानेका प्रचण्डले अहिले सूर्य चिह्न मेरो भनेको भन्दै आश्चर्य व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय