बिहिबार , बैसाख ६, २०८१

२२ पौष:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, राष्ट्रिय युवा संघ नेपालका

इन्चार्ज तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले पुष्प कमल दाहाल प्रचण्डको संगत पाएसँगै पूर्वउपप्रधानमन्त्री डा. भिव रावललाई चोर्न सिकाएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्वतले आज प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गर्दै आयोजना गरेको वृहत युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पूर्वएमालेले

डा. रावललाई विद्वान बन्न सिकाएको तर प्रचण्डपथले चोर्न सिकाएको तथ्यगत रुपमा तर्क प्रस्तुत गर्नुभयो ।

डा. रावलले तत्कालिन नेकपा एमाले सुदुरपश्चिमको खातामा रहेको ३० लाख रुपैंया चोरेर लगेको उल्लेख गर्दै नेता बस्नेतले संगत गुनाको फल मिठो हुने भएकाले प्रचण्डको संगतले डा. रावललाई चोर्न सिकाएको आक्रोस व्यक्त गर्नुभयो ।

पार्टी भित्रको असहज परिस्थितीलाई युवाहरुको जोस, जाँगर र हिम्मतले सहजतामा लैजाने उल्लेख गर्दै उहाँले देश भरका नेपाली राष्ट्रप्रेमी युवा तथा जनताहरु केपी ओलीको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

केपी ओली प्रधानमन्त्री नभए न्याय मरेको मुलुक हुने भन्दै युवा संघको स्थापना भएको स्मरण गर्दै नेता बस्नेतले सिङ्गो देश ‘के’ भन्छ, केपी ओली ‘ले’ भन्छ भन्दै देशभर अभियान नै चल्न थालेको जानकारी गराउनुभयो ।

केपी ओली सिङ्गो कम्युनिष्ट आन्दोलनको नेता भएको तथ्यगत रुपमा प्रस्तुत गर्दै उहाँले नेकपालाई एक ढिक्का बनाई नेपालको ७० वर्षको इतिहासलाई केपी ओलीले उल्ट्याएको बताउनुभयो ।

केपी ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपण गरेपछि नबाँच्ने आंकलन गरी सिङ्गो नेकपालाई निल्ने योजनाका साथ प्रचण्ड आएको उल्लेख गर्दै नेता बस्नेतले त्यो सपना पुरा हुन नसकेपछि अनेक तानाबाना बुन्न थालेकोमा आक्रोस व्यक्त गर्नुभयो ।

राष्ट्रघात र भ्रष्टाचार गर्न नपाएकाले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेमा आक्रोस जनाउँदै उहाँले जंगलमा भएको तथा आतंककारी गतिविधि गरिरहेको पार्टीलाई

शान्ति प्रकृयामा ल्याउनुभएकाले प्रधानमन्त्री ओलीले गुटको नेता नभई राष्ट्र नायकको रुपमा स्थापीत हुनुभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय