बुधबार , बैसाख १२, २०८१

काठमाडाैं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सत्ताको मात खतरनाक हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले सत्ताले मानिसलाई बिगार्ने बताएका छन्।

आज नेकपाले काठमाडौंमा गरेको ‘राजनीतिक पार्टीहरूको अन्तर्क्रिया’मा बोल्दै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्ने संविधान विरोधी काम गरेको बताए।

‘यो संविधान विरोधी कदम हो। यसले लोकतन्त्रका मूल्यमान्यतामाथि गहिरो र चोटिलो प्रहार भएको छ। यो प्रतिगामी कदम हो,’ उनले भने।

प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाट काम गर्न दिइएन भनेको प्रसंग निकाल्दै उनले ओलीमा धोन्सात्मक प्रवृत्ति रहेको आरोप लगाए।

‘पार्टीभित्र काम गर्न दिइएन, धेराबन्दीमा पार्न खोजियो देखाइदिएँ। न प्रतिनिधि सभा रहन्छ म मलाई गिराउँछन् भन्ने हिसावले उहाँले संविधान विपरीत काम गर्नुभयो। घरमा झमेला भएकोले घर नै भत्काइदिने?,’ उनले प्रश्न गरे, ‘धोन्सात्मक प्रवृत्तिले सबैलाई दु:ख दिन्छ।’

उनले ओलीले नेकपाका नेतालाई तह लगाएको हिसावले कसैले पनि सोच्न नहुने बताएका छन्।

‘नेकपाका नेतालाई तह लगाएका होला। दनक दिएको भन्ने नठान्नुहोला। सत्ताको मात खतरनाक हुँदो रहेछ। सत्ताले मानिसलाई बिगार्दो रहेछ,’ उनले भने, ‘उहाँले यो सिंगो व्यवस्था, गणतन्त्रमाथि प्रहार गर्नु भएको छ।’

प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावनामाथि प्रहार गरेको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय