शनिबार , बैसाख ८, २०८१

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको राजनीतिक व्यवस्था नै सिध्याउन लागिपरेको आरोप लगाएका छन् ।

आज अन्तरपार्टी अन्तरक्रियामा बोल्दै नेपालले प्रतिनिधिसभा बिघटन व्यवस्था सिध्याउने कदम भएको तर्क गरे ।

नेपालले कुनै हालतमा अहिलेको राजनीतिक व्यवस्था सिध्याउन नदिने बताए । देशमा गणतन्त्र, संघीयता र समावेशी समानुपातिक व्यवस्थाविरुद्धको कदमलाई सफल हुन नदिइने बताए ।

प्रधानमन्त्री ओलीमा कुर्सी छाड्नुपरे कुर्सी नै फोड्ने, घरझगडा भए घरै आगो लगाइदिने शैली भएको नेपालको आरोप थियो । उनले केपी ओलीबारे भने,‘उनमा सत्ता उन्माद छ ।’ ओलीको कदमलाई असंवैधानिक भन्दै संसद पुनःस्थापनाबाटै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय