सोमबार , अषोज १७, २०७९

सरकारले प्रतिनिधि सभाको कार्यकाल नयाँ सांसद्को पहिलो बैठकसम्म जारी रहनेगरी कानुन संशोधन प्रस्ताव अघि सारेकोमा सांसद्हरुले आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद्हरुले सरकारको यो कदमको विरोध मात्र गरेनन्, केहीले त संसदको कार्यकाल सकिएको भन्दै पदबाट राजीनामाको घोषणा पनि गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

 

सरकारले अनावश्यक रुपमा प्रतिनिधिसभाको कार्यकाल लभ्याउन खोजेको भन्दै राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा नै गरे । राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन् ।

 

यसै सन्दर्भम योहो टेलिभिजनको सत्य संवादमा कार्यक्रम राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरिएको अन्तर्वार्ता :

 

 

 

लिङ्गदेनले राप्रपालाई कति सिट जिताउन सक्लान्

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्र जित्न सकेको थियो । झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्गदेन राप्रपाबाट सांसद बन्ने एकमात्र भाग्यमानी बनेका थिए । त्यतिबेला राप्रपा अध्यक्ष थिए कमल थापा ।

 

लिङ्गदेनको एकल जितले उनलाई राप्रपाको अध्यक्ष बन्ने मार्ग समेत प्रशस्त गरेको थियो । उनी अध्यक्ष बन्दा राप्रपा एक भएको थियो । पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी राप्रपामा फर्किइसकेका थिए । तर, लिङ्गदेनसँग पराजित भएपछि कमल थापाले राप्रपा छाडेका छन् ।

 

राप्रपाको अध्यक्ष भएपछि लिङ्गदेनसामु प्रतिनिधि सभाको पहिलो चुनावी अग्निपरीक्षा हुँदैछ । उनले अब संसदमा सहभागी नहुने घोषणा गरिसकेका छन् । आउँदो चुनावमा दललाई सशक्त बनाएर फर्कने बताए । तर, संसदमा भनेजस्तो लिङ्गदेनका लागि सजिलो भने छैन ।

 

२०७४ को प्रतिनिधि सभा चुनावका अलावा २०७९ को स्थानीय चुनाव समेतलाई आधार मान्दा राप्रपासँग एक्लै संसदको चुनाव जित्ने तागत देशका कुनैपनि क्षेत्रमा देखिदैन । त्यसैले राप्रपाले नेकपा एमालेसँग तालमेलको तयारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय