शनिबार , बैसाख ८, २०८१

काठमाडौँ:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र

आन्तरिक विवाद सिर्जना गरी मुलुकलाई ध्वस्त पार्ने तथा राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको आक्रोस व्यक्त गर्नुभयो ।

प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्याको सकारात्मक निकास निकालौं भनेर आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको बताउनुभयो ।

पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा

देखाउने काम भएको उहाँले गुनासो व्यक्त गर्नुभयो । बहुमत अल्पमतको टुंगो चुनावपछि हुने उल्लेख गर्दै प्रचण्ड–माधवले अल्पमत र बहुमतको कुरा गर्नुको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ ।

बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । चुनावपछि बहुमत को हो, अल्पमत को हो ? प्रमुख पार्टी को हो ?

तपाई हामीले देख्ने छौं ।’ आफैं पार्टीको नवौं महाधिवेशनबाट छानिएको नेता भएको र दुई पार्टी मिल्दा दुबैको सम्मान होस् भनेर दुई अध्यक्षको व्यवस्था गरेको भन्दै उहाँले भन्नुभयो, ‘पद लोलुपताको पनि हद हुन्छ !

कुन मञ्चबाट, कुन महाधिवेशनबाट पार्टी रु देश, पार्टी र जनताको कुरामा छैन ।

पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्नेतिर उहाँहरु लाग्नु भएको छ ।

कार्यकर्तालाई भिडन्त गराइरहनु भएको छ ।

लोकतान्त्रिक प्रणाली ठीक होइन, संघीयता ठीक होइन भन्ने निष्कर्ष निकाल्न उद्दत हुनु भएको छ । राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिन राष्ट्रपतिको हुर्मत लिन खोजिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय