बिहिबार , बैसाख १३, २०८१

काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्ने अन्तिम प्रयासका लागि चीनबाट उच्च तहको टोली भेटघाटमा व्यस्त भयो । शनिबार काठमाडौं उत्रिएको टोलीले चिनियाँ राजदूतावासमा राजदूत होउ यान्छीसँग वस्तुस्थितिबारे जानकारी लिएपछि भेटघाट शुरु गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर नेकपा एकता कायमै राख्ने सूत्रबारे छलफल गरेको थियो । आज विहानै नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेर सहमतिको सूत्र निकाल्ने प्रयास गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोली नेकपा एकता कायमै गरिराख्ने उद्देश्यका साथ आएको सन्देशहरु दिइएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनले नेपालमा चिनियाँ टोली सक्रिय भएको प्रश्नमा सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्न भ्रमण भएको जवाफ दिए । नेपालको सत्तारुढ दललाई मिलाउन चीन सक्रिय रहेको विषय बाहिर आइरहँदा चिनियाँ पक्षले भ्रमणको उद्देश्य सम्बन्ध मजबुत रहने हो भन्ने जवाफ दियो । तर, वास्तवरमा चीन नेकपाको एकता कायमै राख्न सक्रिय भएको हो ।

नेकपाभित्र चीनको साथ प्रधानमन्त्री केपी शर्मा ओली वा अर्को समूहका अध्यक्ष प्रचण्डमध्ये कसलाई छ भन्ने अनुमानहरु लगाउन थालिएको छ । विगतमा नेनेकपाभित्र विगतमा विवाद हुँदा पनि चिनियाँ राजदूत र बेइजिङबाट सक्रियता देखाएर कुरा मिलाइएको थियो । राजदूत यान्छी नेताहरुको निवासमै पुगेर सहमति निर्माण गर्न भूमिका खेलेकी थिइन् ।

यसपटक पनि यान्छी सक्रिय रहिन् । त्यसमाथि चिनियाँ उच्च राजनीतिक टोली नेपाल आइपुग्यो । चीनले व्यक्ति विशेषभन्दा पनि नेकपाको एकतामा बढी ध्यान दिन थालेको छ । प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न साथ दिएको चीनले यसपटक त्यस्तो भूमिका देखाइरहेको छैन । उसले नेकपाको एकतालाई केन्द्रमा राखेर व्यक्ति विशेषमा बरु लचकता देखाउन थालेको छ । नेकपा एक हुन्छ भने अर्को कुनै नेताको नेतृत्वलाई पनि साथ दिने चिनियाँ नीति देखिन थालेको छ ।

चीनले ओली, प्रचण्ड र माधवकुमार नेपाल जोसुकै शक्तिमा आएपनि नेकपाको एकता कायमै गराउने नीति बनाएको देखिन्छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले नेकपा विवाद मिलाउन चिनियाँ भूमिकाको विषय उठेकोबारे चीनले नेपालमा राजनीतिक स्थिरता चाहेको उल्लेख गरेको छ । यसबाट पनि चीन नेकपाको एकतामै स्थिरता र आफ्नो प्रभाव कायमै रहने देखिरहेको छ । उसले ओली र प्रचण्ड जस्ता नेता विशेषसँग भन्दा पनि सिंगो नेपाल कम्युनिस्टसँग सम्बन्ध स्थापित गरेको छ । बेला बेलामा प्रशिक्षण र चीन भ्रमणको वातावरण पनि मिलाइदिएको छ । यसबाट पनि चीनले ओली या प्रचण्डलाई भन्दा पनि नेकपा एक बनाउने विषयलाई केन्द्रमा राखेर सम्बन्ध र साथ दिदै आएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय