शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं :

नेकपाका उपाध्यक्ष वामदेव गौतमले आगामी चुनावमा अलग अलग लडेमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका दुवै समूह पत्तासाफ हुने बताएका छन्।

आफूलाई भेट्न भैंसेपाटी आएका सुदूरपश्‍चिम प्रदेशका नेकपा नेताहरूसँगको संवादका क्रममा उनले पार्टी फुटे पनि मोर्चा बनाएर चुनाव लडेमा मात्रै दुवै समूहको अस्तित्व जोगिन सक्ने उल्लेख गरेका छन्।

‘पार्टी फुटिसक्यो, तत्काल जुट्ने सम्भावना छैन, यिनीहरु अलग अलग चुनाव लडे भने पत्तासाफ हुन्छन्।

नेपालमा कम्युनिष्ट आन्दोलन खतरामा परेको छ, अहिले म यसलाई जोगाउने अभियानमा लाग्छु’, सुदूरपश्‍चिम प्रदेशका ओली समूहका नेताहरुसँग कुरा गर्दै उनले भने,

‘कम्युनिष्टको अस्तित्व बचाउन म जनताको बहुदलीय जनवाद पक्षधरलाई एक ठाउँमा ल्याउने अभियानमा छु।

मेरा लागि जबज नै मुख्य कुरा हो। जबज भनेको मार्क्सवाद र लेनिनवाद हो, जनताले खोजेको पनि त्यही हो।’

जबजलाई छोडेर माओवादी जनवाद अंगाल्दै प्रचण्ड समूहमा गएका माधवकुमार नेपाल पनि निकट भविष्यमा फर्किने दाबी उनले गरेका छन्।

‘म जबजवादीलाई मिलाउने अभियानमा छु। माधव नेपाल पनि अन्तिममा त्यहीँ आउँछन्।

माधव र प्रचण्ड एकै ठाउँमा बस्‍न सक्दैनन्’, गौतमको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, ‘जबज र माओवादी लाइन एकै ठाउँमा छ, त्यहाँ लामो समय कुरा मिल्दैन।

म ढिलो चाँडो जबज पक्षधरको मिलन गराउँछु।’ गौतमले जबज शान्तिपूर्ण रुपमा स्थापित धार भएको टिप्पणी गरे।

‘जबज भनेको शान्तिपूर्ण रुपमा स्थापित धार हो।

माओवाद भनेको हिंसात्मक बाटोबाट आएको, त्यसैले यी दुई धार मिल्दैनन् भनेको हुँ’, उनले थपे, ‘जबज लाइनका केपी ओली र माधवकुमार नेपाल कालान्तरमा फेरि एकै ठाउँमा आइपुग्छन्, त्यसको अन्य कुनै विकल्प छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय