शुक्रबार , चैत्र १६, २०८०

‘अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । परिवर्तनलाई निस्तेज पार्ने र परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । ‘

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गरेका छन् । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उनको चेतावनी थियो ।

 

 

 

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको

 

 

त्यसका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर अघि बढ्ने अध्यक्ष दाहालको भनाइ थियो । उनले भने, ‘कम्युनिस्टहरूलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने । संविधानले समाजवादको यात्रातर्फ जाने परिकल्पना मात्रै गरेको छ । साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रुपान्तरण स्थानीय तहदेखि नै एउटा नयाँ आन्दोलन सिर्जना गर्ने उद्देश्य मेरो दिमागमा थियो

 

 

 

 

। मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग वाम गठबन्धन गरौं, कम्युनिस्ट एकता गरौं, देशमा वामपन्थी जनमत धेरै ठूलो छ । हामीले देशमा राजनीतिक स्थायित्व पनि र समाजको महानयात्रातिर जान सकिन्छ ।

 

 

 

अब बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने हिसाबले कहीँ पनि पुग्दैनौं । हामी आग्रह पूर्वाग्रह छोडदिउँ, हामफालौं भनेर एकचोटी मैले नै भनेको हो । त्यो अरुले भनेको होइन । मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि त्यो भनेको हो । तर, त्यो सफल भएन । सफल हुन दिइएन ।

 

 

 

 

धेरै कारणहरू छन् । त्यत्तापटि जान्न म अहिले । मेसिन बेठिक राख्ने र त्यसबाट उत्पादित वस्तु राम्रो खोज्ने हो भने त्यो हुन सक्दैन । समस्या मेसिनमा छ । तपाईँ अहिलेको निर्वाचन प्रणालीलाई कायमै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त विकृतिमुक्त समाज निर्माण गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन । तपाईँले निर्वाचन प्रणाली बदल्नै पर्छ ।’

 

अहिलेको निर्वाचन प्रणालीले पार्टीका नेताहरूलाई पनि भ्रष्टिकरणको बाटोमा पुर्‍याउने र चुनाव जित्न पैसा चाहिने उनको टिप्पणी थियो । मुलुकलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुनुपर्ने उनको

 

 

तर्क थियो ।

आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी

 

 

 

छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको पनि बताए ।

अध्यक्ष दाहालले समाजवादको यात्रालाई सुनिश्चित गर्नका लागि आफूले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेको तर त्यो टिक्न नसकेको पनि स्मरण गराएका थिए ।

 

 

 

अध्यक्ष दाहालले एक वर्षभित्र मुलुकमा आफू नेतृत्वको सडक संघर्ष हुने र त्यसले मुलुकमा विद्यमान शासन प्रणाली र निर्वाचन प्रणालीमा सुधार ल्याई राजनीतिक क्षेत्रमा देखिएका सबै विकृति र विसंगतिको अन्त्य हुने दाबीसमेत गरे ।

 

 

 

‘अहिले त चुनाव आइ नै सक्यो । प्रदेश र संघको निर्वाचनको संघारमा छौं हामी । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । संघीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ ।

 

 

 

विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु ।

 

 

सडकबाट मात्रै समाजवादको परिकल्पना जो संविधानमा गर्न खोजेको हो । मैले कम्युनिस्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु । त्यसलाई प्राप्त गर्न अब एकचोटी फेरि र यो मेसिनरी बदल्नका लागि निर्वाचन मेसिनरी र शासन मेसिनरी बदल्नका निम्ति जनतामा जानुको कुनै विकल्प छैन ।

 

 

 

तपाईँहरूले देख्नुभयो– अस्ति चोलेन्द्र शमशेर राणाले संसदीय सुनुवाइ समितिमा गएर बयान दिँदा उहाँले भन्नुभयो- म घेराबन्दीमा परेँ । सडकको घेराबन्दीमा परेँ भनेर भन्न छोड्नु भएको छैन । त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो,’ अध्यक्ष दाहालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय