सोमबार , अषोज १७, २०७९

रवीन्द्र मिश्र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष हुन्। स्थानीय तहको निर्वाचनमा पार्टीले निराशाजनक परिणाम ल्याएपछि राजीनामा दिएका मिश्र अब राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिल्ने तरखरमा छन्। राप्रपाले सहअध्यक्ष दिए मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनसमेत मिश्र उक्त पार्टीबाटै लड्ने तयारी गरिरहेका छन्। सेतोपाटीका मनोज सत्यालले मिश्रसँग निर्वाचन, पार्टी एकता र उनले पछिल्लो समय उठाएको राजसंस्थाको एजेन्डामा केन्द्रित रहेर अन्तर्वार्ता गरेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

मंसिर ४ गते निर्वाचन हुँदैछ। तपाईं कुन दल र कहाँबाट चुनाव लड्नुहुन्छ?

 

म निर्वाचन लड्छु। त्यो पक्का छ। म मैदान छाडेर भाग्दिनँ। कसरी लड्ने भन्ने केही समयपछि निर्क्यौल होला।अघिल्लो पटक काठमाडौं-१ बाट उम्मेदवार बन्नुभएको व्यक्ति अहिले त्यही ठाउँबाट लड्छु भन्न केले रोकेको छ?

 

स्वाभाविक रूपमा म पहिलो निर्वाचनमा काठमाडौं-१ मा ८ सय मतले पराजित भएकाले त्यहीँ लड्छ भनेर सञ्चारमाध्यमले लेखिराखेका छन्। तर मैले औपचारिक रूपमा घोषणा गरेको छैन। मैले के लुकाएको छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सकभर एकीकरण गर्नुपर्छ भन्नेमा म लागेको छु। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०/३२ वर्ष देखि राजसंस्थाको मुद्दा उठाएको छ। मैले भर्खर-भर्खर त्यो मुद्दा बोकेको हुँ। मलाई के लाग्छ भने यो देशमा नरम सम्वर्द्धनवादी (मोडरेट कन्जरभेटिभ) धारका लागि प्रशस्त ठाउँ छ। त्यो भावना बोकेका मानिसको संख्या अत्यधिक छ। तर उनीहरू विरोधाभाषमा बाँचेका छन्। राजसंस्था यो देशको दीर्घकालीन हितका लागि चाहिन्छ भनेर भित्री मनले भन्छ। तर त्यो संस्थालाई बोक्ने पार्टीलाई पूर्ण रूपमा विश्वास गर्न सकेको अवस्था होइन। त्यसले गर्दा एजेन्डा अघिल्लो पटक काठमाडौं-१ बाट उम्मेदवार बन्नुभएको व्यक्ति अहिले त्यही ठाउँबाट लड्छु भन्न केले रोकेको छ?

 

स्वाभाविक रूपमा म पहिलो निर्वाचनमा काठमाडौं-१ मा ८ सय मतले पराजित भएकाले त्यहीँ लड्छ भनेर सञ्चारमाध्यमले लेखिराखेका छन्। तर मैले औपचारिक रूपमा घोषणा गरेको छैन। मैले के लुकाएको छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सकभर एकीकरण गर्नुपर्छ भन्नेमा म लागेको छु। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०/३२ वर्ष देखि राजसंस्थाको मुद्दा उठाएको छ। मैले भर्खर-भर्खर त्यो मुद्दा बोकेको हुँ। मलाई के लाग्छ भने यो देशमा नरम सम्वर्द्धनवादी (मोडरेट कन्जरभेटिभ) धारका लागि प्रशस्त ठाउँ छ। त्यो भावना बोकेका मानिसको संख्या अत्यधिक छ। तर उनीहरू विरोधाभाषमा बाँचेका छन्। राजसंस्था यो देशको दीर्घकालीन हितका लागि चाहिन्छ भनेर भित्री मनले भन्छ। तर त्यो संस्थालाई बोक्ने पार्टीलाई पूर्ण रूपमा विश्वास गर्न सकेको अवस्था होइन। त्यसले गर्दा एजेन्डा एउटा पार्टीसँग मिल्दा पनि भोट अर्को पार्टीमा हालिराखेका छन्। यो अवस्थामा म र समान विचार भएका साथीहरू र राष्ट्रिय प्रजातन्त्र पार्टी जसले लामो समय यो एजेन्डा बोकिराखेको छ, सबै एक ठाउँमा आयौं भने त्यो सशक्त शक्ति भएर निस्किन्छ भन्ने मेरो धारणा हो। त्यो अनुसार प्रयास भैराखेकोछ। त्यस कारण अहिले मैले यहाँबाट उठ्ने त्यहाँबाट उठ्ने भन्न नमिल्ने अवस्था हो।

 

तपाईं राप्रपासँग एकीकरण गर्ने विषयमा कुराकानी गरिराख्नु भएको छ। तपाईं राप्रपाको सहअध्यक्ष बन्ने चर्चा पनि छ। कुरा केमा अड्किराखेको छ?राप्रपामा धेरै अप्ठ्यारो अवस्थामा पनि राजसंस्थाको एजेन्डा बोकेर हिँडेको हो। राप्रपाका शुभेच्छुक र सदस्यहरूलाई के थाहा थियो भने यो मुद्दा स्थापित गर्न गाह्रो छ। हाम्रो पार्टीले चुनाव राम्रोसँग नजित्न सक्छ। स्थानीय तहमा पनि धेरै नजित्न सक्छ भन्ने थाहा थियो। थाहा हुँदाहुँदै पनि त्यो सामाजिक प्रतिकूलता थेगेर बसेका छन्। उहाँहरूप्रति मेरो ठूलो सम्मान छ। केही पनि पाइँदैन भन्ने थाहा हुँदाहुँदै अडेर यो मुद्दामा बस्नुभयो। राजेन्द्र लिङ्देनको नेतृत्व आएपछि एकताको कुरा सुरू भयो।

 

सुरू हुँदा मैले एउटा कुरा स्पष्ट पारेको थिएँ। जोसुकै आए पनि तपाईंहरूभन्छन्। म त्यो भन्दिनँ। किनभने अध्यक्ष-अध्यक्ष गर्दा एमाले र माओवादी बिग्रेको देखियो। अध्यक्ष-अध्यक्ष गर्दा राप्रपा बिग्रेको देखियो। अध्यक्ष र संयोजक गरेर बराबरी पावर सेयरिङ गर्दा विवेकशील साझा बिग्रेको देखियो। यो काम लाग्दैन। पार्टीलाई माथि उठाउनुपर्छ। तपाईं महाधिवेशनबाट निर्वाचित हुनुभएको छ। ३०/४० वर्षको राजनीतिक इतिहास छ। छवि राम्रो छ। जनजातिको प्रतिनिधित्व पनि गर्नुहुन्छ। त्यसो हुँदा स-सम्मान तपाईंको नेतृत्वमा पार्टी अघि बढाउने हो भनें। त्यसपछि उहाँहरूबाट अध्यक्ष र सहअध्यक्ष गरौं भन्ने कुरा आयो। त्यो स्वाभाविक पनि थियो। त्यो मेरा साथीहरूका लागि पनि मान्य थियो। मेरा लागि पनि अध्यक्ष-अध्यक्ष गर्नु हुँदैन भन्ने थियो। तर अघि बढ्दै जाँदा लामो इतिहास भएको पार्टीभित्र केही समस्या आएको मैले बुझेको छु। के कस्तो समस्या हो थाहा छैन अहिले। अहिले बल उहाँहरूको कोर्टमा छ। तर यो भयो भने राम्रो भन्ने मेरो भनाइ हो।राप्रपाप्रति तपाईंको सहृदयता छ। तर राप्रपामा जाने/नजाने टुंगो छैन भनेपछि एकीकरण भएन भने तपाईं कसरी निर्वाचन लड्नुहुन्छ? विवेकशील साझाबाट निर्वाचन लड्नुहुन्छ?

 

यो देशमा गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादी धारले अहिले पनि ८० देखि ९० प्रतिशत भोट ओगटेको छ। तर विरोधाभाषमा बाँचेको ठूलो जनसंख्या छ भन्ने मेरो विश्वास हो। त्यसलाई तोड्नका लागि अहिले म र मसँग जोडिएका साथीहरू र राप्रपा एक ठाउँमा आउँदा त्यो शक्ति राम्रोसँग बढ्छ र त्यसले साँच्चिकै हस्तक्षेपकारी भूमिका खेल्न सक्छ भन्ने मेरो विश्वास हो। यो कुरामा साना-तिना विषयले गर्दा अड्कियो भने चुनावपछि राप्रपालाई पनि ठूलो संकट पर्छ। ३०/३५ वर्षदेखि कहिले गठबन्धनको साँचो यता घुमाउने कहिले उता घुमाउने, कहिले पाँचौं पार्टी हुने कहिले सातौं पार्टी भएर बस्ने हो भने जे पनि लामो समय जानसक्छ। होइन देशमा साँच्चिकै यो एजेन्डा बोकेको पार्टीलाई एक नम्बरको पार्टी बनाउने हो भने उहाँहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।

 

तपाईं राप्रपामा नगए त्यो पार्टीलाई संकट नै हुन्छ भन्न खोज्नुभएको?

 

होइन, म नभए संकट हुन्छ भन्दिनँ। अहिले मैले बोकेको मुद्दा उहाँहरूको पार्टीले बडो संकटपूर्ण घडीमा पनि बोकेको छ, त्यसलाई सम्मान गर्नुपर्छ। तर त्यो मुद्दालाई अझ बलियो बनाउन र यो देशमा एउटा मोडरेट कन्जरभेटिभ नेशनलिस्टनेशनलिस्ट फोर्स बनाउनुपर्छ। त्यसले देशको दूरगामी हित गर्छ भन्ने मेरो विश्वास हो। त्यसमा मैले बल पुर्‍याउने हो। म नभएर हुँदैन भन्ने होइन। बल पुर्‍याउनका लागि समान सोच भएका र सकारात्मक सोच भएका शक्तिहरू एक ठाउँमा ल्याउनैपर्छ।

 

तपाईंले केही दिनअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नुभयो। के कुराकानी भयो? निर्वाचनमा सहयोग माग्नुभयो?

 

उहाँ धेरै कुरामा धेरै ज्ञान राख्नुहुन्छ। उहाँसँग संवाद गर्न थालेपछि धर्म, संस्कृति, भूगोल, मानव सभ्यतादेखि लिएर राजनीति यावत् कुरा जोडिन्छ। ती यावत् विषयमा हामी अढाई घन्टा कुरा गर्‍यौं। निर्वाचनको अघि भएको भेट भएकाले मैले उहाँसँग सहयोगको अपेक्षा राख्नु त स्वभाविक नै हो। उहाँ त्यत्रो राजनीति गरेको मान्छे अहिले नै ठोस यो वा त्यो भनेर जवाफ दिने कुरा भएन। तर मेरो अनुभूति के हो भने उहाँ सकारात्मक नै हुनुहुन्थ्यो भन्ने अनुभूति हो।तपाईंलाई उहाँले कुनै वचन दिनुभएको छैन?

 

त्यो त कसरी दिनुहुन्छ र! मिल्दा पनि मिल्दैन। दुई-अढाई महिना चुनाव आउनका लागि समय बाँकी छ। त्यत्रो राजनीतिक इतिहास भएको मान्छेले अनुरोध गर्दैमा वचन दिने भन्ने हुँदैन।तपाईंले ५-६ वर्ष राजनीति गर्नुभयो। अब तपाईंलाई राजनीतिमा माथि पुग्न गाह्रो हुने भयो। त्यो कारणले तपाईंले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा उठाएर माथि पुग्न सक्छु कि भनेर सोच्नुभयो। सजिलो बाटो, धर्मको बाटो रोज्नुभयो भन्ने धेरैको बुझाइ छ नि!

 

वास्तविकता के हो भने यदि राजनीतिक रूपमा म माथि जान चाहेको भए ठूला पार्टीका ठूला नेताहरूले के भनिराखेका छन् भने तपाईंले पाँच वर्ष प्रयास गर्नुभयो ठिक छ। आउनुहोस् हाम्रो पार्टीबाट चुनाव जित्ने ठाउँमा तपाईंलाई टिकट दिन्छौं भनिराखेका छन्। तर म गर्दिनँ। मलाई मेरा कयौं साथीहरूले के भनेका थिए भने रवीन्द्रजी यसपटक तपाईंका प्रतिष्पर्धी एकदमै कमजोर देखिनुभएको छ। उहाँहरूले अनुमान गरेको के हो भने म काठमाडौं-१ बाटै लड्छु भन्नेछ। त्यो स्थितिमा तपाईं यो मुद्दा नउठाउनुहोस् तपाईंले जित्ने सम्भावना छ। गत निर्वाचनमा झन्डै जितेको मान्छे हो। यो मुद्दा अहिले नउठाउनुहोस् बरू चुनावपछि उठाउनुहोस् भन्नुभएको थियो। मैले भनें- होइन। म उठाउँछु। अहिले उठाउँछु र यही मुद्दा लिएर जान्छु। आर्थिक, राजनीतिक र अरू गुणस्तरीय शिक्षा, स्वास्थ्यका एजेन्डा, युनियनको खारेजी लगायतका मुद्दाका साथमा म यो मुद्दा लिएर जान्छु र लिएर गएर म भन्छु- मैले मेरा लागि सोचेको होइन। देशका लागि सोचेको हुँ। मलाई चुनाव जित्ने र देश हार्ने राजनीति गर्नु छैन। यो मैले दोहोर्‍याएँ मलाई चुनाव जित्ने, देश हार्ने राजनीति गर्नु छैन। मलाई चुनाव पनि जित्ने देश पनि जित्ने राजनीति गर्नुछ। त्यसकारणले यो मुद्दाबाट मैले कन्भिन्स गराएर चुनाव जित्छु भन्ने विश्वासका साथ तपाईंले भनेजस्तो चढ्न सकिन्छ होइन सम्पूर्ण गाली खान तयार छु। प्रतिगमनको बिल्ला लगाउन तयार छु भनेर लिएर आएको मुद्दा हो।अरूले चुनाव जिते भने देश हार्छ भन्ने तपाईंको ठम्याइ?

 

अनि देश जितिराखेको छ? जितिराखेको छ देश? तपाईं जस्ता युवा दिनको १७ सय यो देशबाट पठाएर, भोलि अमेरिका, बेलायत, अष्ट्रेलिया र खाडीका देशले अलिकति भिसा खुकुलो गरिदियोस् त कोही बस्छ यो देशमा? अपवादलाई छाडेर कोही बस्छ? यो देश जितेको हो? हारिराखेको छ देश। मैले भनेको चुनाव पनि जित्ने देश पनि जित्ने राजनीति गर्छु। देशलाई जिताउन खोज्दा चुनाव हारें भने हारें हारें।तपाईंले राजनीति सुरू गर्दा व्यवस्था होइन अवस्था बदल्न आएको हो भन्नुभयो। यो पाँच वर्षमा भने तपाईं व्यवस्था बदल्ने पक्षमा पुग्नुभयो। तपाईंले जुन किसिमको राजसंस्था चाहिन्छ वा हिन्दु-बौद्ध राष्ट्र चाहिन्छ भन्नुभएको छ। तपाईंले यो त चुनावको प्रचारका लागि उठाउनु भएको भन्ने छ नि?

 

अरूले त भने तपाईं त पत्रकार, तपाईंले त याद के गरिदिनुपर्थ्यो भने २०७६ सालमा लुम्बिनीमा त्यतिबेलाको साझा पार्टीको राष्ट्रिय भेला हुँदा देशभरिका ४५० प्रतिनिधि आएका ठाउँमा यी तीन वटै एजेन्डा लिएर जान खोजेको थिएँ। केन्द्रीय समितिमा राजसंस्थाको एजेन्डा छाडौं भनेपछि छाडेर धर्मनिरपेक्षता र संघीयताको एजेन्डा लगेर त्यो हलले एकमतले त्यसलाई पारित गर्‍यो। १०-१५ जनालाई असन्तुष्टि थियो होला। ०७६ सालमा त चुनाव नजिक आएको थिएन।जनमत संग्रह गर्नुपर्छ भन्ने धारणा थियो त्यतिबेला तपाईंको? अहिले पनि जनमत संग्रहमा जानुपर्छ भन्ने तपाईंको लाइन हो?

 

होइन। अहिले मैले स्पष्ट रूपमा संवैधानिक राजसंस्था, संघीयता खारेजी, हिन्दु-बौद्ध राष्ट्र र कल्याणकारी लोकतन्त्र भनेर चार वटा विषयलाई मेरो प्रकाशोन्मुख पुस्तक ‘विचारभन्दा माथि देश’मा उठाएको छु। त्यसो हुनाले यो चुनावसँग सम्बन्धित छैन। यो म कति ठाउँमा गएर भनौं। मैले पाँच वर्षअगाडी यही संविधानले अंगालेको एजेन्डालाई बोकेर जाने भनेको हो। मैले पाँच वर्ष गरेको राजनीतिको सिलसिलामा जे देखें, भोगें र बुझें र मैले दुई दशकभन्दा बढी पत्रकारिता गर्दाखेरी राजनीति र समाज जसरी बुझें। यहाँसम्म आइपुग्दा के लाग्यो भने तपाईंले राजनीतिभनेको देशकै लागि गर्ने हो। तपाईंले आफ्नो लागि पत्रकारिता गर्न सक्नुहुन्छ, किताब लेखेर बस्न सक्नुहुन्छ, टेलिभिजनमा हाइप्रोफाइल सो गर्न सक्नुहुन्छ, समाजसेवा गर्न सक्नुहुन्छ अथवा घरको भाडा खाएर बस्न पनि सक्नुहुन्छ। तर राजनीति भनेको देशका लागि गर्ने हो।

 

अमेरिकामा झन्डै ४ सय बिलियन डलरको जलवायु संकटसँग सम्बन्धित विधेयक पास भयो। राष्ट्रपति बाइडेनले ‘हाम्रा नाति-नातिनाहरू हामीमा भर परेर बसेका छन्’ भने। अर्को एक जना नेताले ‘अब हामी पक्का गर्न सक्छौं कि हाम्रा नाति-नातिनाहरूले राम्रो पृथ्वी प्राप्त गर्नेछन्’ भने। तपाईं नाति-नातिनाको पुस्तालाई नसोधी राजनीति गर्ने? म मात्रै मन्त्री बन्छु, सांसद बन्छु भनेर राजनीति गर्ने?हो, मैले त्यसरी हेर्दा के देखें भने दोस्रो शितयुद्धको केन्द्र दक्षिण एसिया बन्दैछ। नेपाल भूराजनीतिको भूमरीमा फस्न थालिसक्यो। त्यो भूराजनीतिको भूमरीलाई थेग्न सक्ने नेपालको कुनै संस्था छैन। सबै संस्था विकृत राजनितिले बर्बाद पारिसक्यो। यस्तो ठाउँमा राजसंस्थालाई खोपामा भए पनि कुसन संस्थाको रूपमा राख्नुपर्छ।

 

खोपामा भएको संस्थाले भूराजनीतिक दबाब थेग्न सक्छ?

 

जब तपाईंलाई साँच्चिकैसंकट पर्छ तपाईंले ‘हे भगवान्’ भन्नुहुन्छ नि। हे आमा भन्नुहुन्छ नि। संकट परेको बेला ईश्वरको नाम लिनुहुन्छ नि तपाईंले। हो त्यसैगरी विभिन्न समाजले देखाएको कुरा के हो भने संकट परेको बेला लामो ऐतिहासिक विरासत बोकेको संस्थाले देशको हित गर्दो रहेछ। त्यसकारणले त्यो संस्था चाहिन्छ भन्ने धारणा हो।

 

त्यो संस्था तपाईंले भनेको जस्तो खोपामा मात्र हुने संस्था हो कि भूराजनीतिक दबाब झेल्न सक्ने सक्रिय खालको संस्था हो?

 

खोपामा राख्ने हो। संसदले बाँध्ने हो।बाँध्ने हो। संविधानले बाँध्ने हो। तर भोलि यो देशभित्र विखण्डनको स्थिति, विग्रहको स्थिति, जातीय बेमलको स्थिति, संकटको स्थिति आयो भने कुनै राजनीतिज्ञले गुहार्नै पर्दैन। जनताले गुहार्छ। र त्यो स्थिति विभिन्न ठाउँमा देखिएको छ। बेल्जियमका जनता के मुर्ख हुन्? त्यहाँ दुई वटा समुदायको बीचमा द्वन्द्व छ। त्यो द्वन्द्वको कारणले बेल्जियममा राजसंस्था चाहिन्छ भनिन्छ। र बेल्जियममा कहिलेकाहीँ राजसंस्थाले संसदले भनेको कुरा मान्दैन। बेल्जियमको संसदले गर्भपतनसम्बन्धी विधेयक पारित गर्‍यो। राजाले प्रमाणीकरण नगरी कानून नबन्ने। राजा क्याथोलिक थिए। क्याथोलिक धर्मले गर्भपतनलाई मान्दैन। उनले ज्यान गए नमान्ने भएपछि एकदिन राजालाई सामान्य नागरिक बनाएर प्रधानमन्त्रीले प्रमाणीकरण गरेर पुनर्स्थापना गरे। के तिनीहरू मुर्ख हुन्? स्क्यान्डेभियन मुलुक र सबैभन्दा विकसित देशमा किन छ राजसंस्था? मुर्ख हुन् त्यहाँका जनता?

 

त्यहाँका जनता त किन मुर्ख हुन्थे र। तर जनताले छानेको जनताको छोरो वा छोरीले नसक्ने अनि कुनै व्यक्ति कुनै वंश परम्परामा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय