शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेकपा बिभाजन हुन नदिन अन्तराष्ट्रिय रूपमा दवास सिर्जना हुन थालेको छ ।

पार्टी भित्रकै एउटा समूहले पार्टीलाई फुटबाट जोगाउन अन्तराष्ट्रिय समुदायसँग परामर्श गरिरहेको बुझिएको छ ।

संसद पुर्नस्थापना गरेरै भएपनि नेकपाको विभाजित दुई समुहलाई मिलाउने प्रयास गर्न आग्रह गर्नका लागि चिनियाँ टोली नेपाल आइपुगेको छ ।

नेपालमा कम्युनिस्टको राम्रो माहोल बन्दै गएको अवस्थामा पार्टीलाई कसरी जोगाउने भन्नेबारे नेकपाको एक समूह लागिरहेको स्रोतले बताएको छ ।

त्यहि टोलीको अभियान अन्तर्गत चीनले चासोको साथ यो विभाजन रोक्न प्रयास गरिरहेको बुझिएको छ ।

यसअघि पनि बरू सरकार चदेरै भएपनि पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनले आग्रह गरेको थियो ।

नेकपाभित्र ओली र प्रचण्डले दुई पार्टी बनाएर जाने हो भने अब कम्युनिस्ट कहिलै सत्तामा फर्किन नसक्ने भन्दै संसद पुनर्स्थापना गरेरै भएपनि पार्टी मिलाउने अभियान सुरू भएको बताइन्छ ।

संसद पुर्नस्थापना भयो भने फेरि नेकपामा नफुट्ने आधार तयार हुने उनीहरूको बुझाई छ ।

अभियान अन्तर्गत संसद पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओली हटेर अरूलाई समर्थन गर्ने र पार्टी अध्यक्षमा ओली रहनेगरी तयारी गरेको र दवाव दिने काम भैरहेको बुझिएको छ ।

पुर्नस्थापनाको पक्षमा जनता र दलहरू एकमत भएको अवस्थालाई मध्यनजर गर्दै नेपालका लागि चीनकी राजदूतले नेकपाका नेताहरुसँग निरन्तर परामर्श गरिरहेकी छन् ।

उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बेइजिङमा गरेको ब्रिफिङ गरिरहेको तचीनले आफ्नो धारणा बनाएर टोली पठाएको बताइएको छ ।

यहि योजना अन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको अन्र्तराष्ट्रिय विभाग उपप्रमुख कुओ येचौको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय