आइतबार , मंग्सिर १८, २०७९

भिडियो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोस//चुनाव हारिएला कि भन्ने डर लाग्छ – महामन्त्री गगन थापा काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैँ हुने गरेको बताएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

 

काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लि क माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा सो बताएका हुन् ।उनले चुनावमा जित हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढी सताउने गरेको बताएका छन् ।

 

उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएलाकी भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिका उन आवश्यक रहेको बताए।

 

उनले सफलता र असफलता दुवै कुरा जिन्दगी मा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरूको पठनपाठनलाई अघि बढाउन विद्यालयलाई आग्रह गरे।

 

थापाले भने, ‘एउटा चुनाव जित्यो। त्यसपछि खुशी भयो। त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने। मलाई यस्तो हुन्छ। उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर।

 

जिन्दगी यसरी नै जाने हो’ उनले भने, ‘तर बालबालिका हरूलाई जित र हार हुन्छ। सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ।

 

आफ्नो कर्म गर्ने हो। तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ। तर कर्म भने गर्दै जानुपर्छ।’

 

हेर्नुस भिडिओ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय