बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टीभित्रको विभाजनको असर प्रदेशसभामा समेत धमाधम देखिन थालेको छ ।

शुक्रबार बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

थप तीन प्रदेशहरुमा मुख्यमन्त्रीहरुमाथि अविश्वासको तयारी भइरहेको छ ।

भोलि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । उनका विरुद्ध नेकपा सांसदहरुले नै प्रस्ताव दर्ता गर्ने भएका छन् ।

त्यसको अन्तिम तयारी भइसकेको छ । नेकपाको बहुमत रहेको उक्त प्रदेशमा विभाजनपछि राई अल्पमतमा परेका छन् ।

त्यहाँ प्रचण्ड र माधव नेपालको बढी सांसद छन् । राईको ठाउँमा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ ।

तर, मुख्यमन्त्री बन्न कसैको पनि एकल बहुमत नरहेको अवस्था छ । प्रदेश १ मा राजनीतिक अस्थिरता बढ्ने निश्चित भएको छ ।

गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको तयारी भइरहेको छ ।

त्यहाँ नेकपाको स्पष्ट बहुमत छ । तर, फुटपछि गुरुङ अल्पमतमा परेका छन् ।

उनले बहुमतका लागि साना दल गुहार्न थालेका छन् । लुम्बिनी प्रदेशमा पनि शंकर पोखरेलको पद धरापमा परेको छ ।

त्यहाँ नेकपाको स्पष्ट बहुमत भएपनि फुटपछि पोखरेल अल्पमतमा छन् लुम्बिनीमा पनि राजनीतिक अस्थिरता बढ्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय