शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको कदम चालेपछि सातजना मन्त्रीले राजीनामा दिएका थिए ।

तीमध्ये पाँचजना पूर्व माओवादीका र दुईजना पूर्व एमालेका हुन् ।

राजीनामा दिनेहरुमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, विना मगर र रामेश्वर राय यादव पूर्व माओवादीका हुन् भने योगेश भट्टराई र घनश्याम भुसाल पूर्व एमालेका हुन् ।

पाँचजना पूर्व माओवादीले राजीनामा दिएपछि त्यो संख्या ओलीले पूर्व माओवादीबाट नै परिपूर्ति गरे ।

ओलीले टोपबादुर रायमाझीलाई ऊर्जामन्त्री नियुक्त गरे ।

सहरी विकासमा प्रभु साह, खानेपानीमा मणिचन्द्र थापा, श्रममा गौरीशंकर चौधरी र युवा तथा खेलकुदमा दावा लामालाई ल्याए ।

यी पाँचैजना पूर्व माओवादी हुन् ।

यसबाहेक गणेशसिंह ठगुन्ना सामान्य प्रशासन, प्रेमबहादुर आले वन, जुलीकुमारी महतो महिला र विमला वि.क. उद्योगराज्यमन्त्री बनाइए ।

ओलीले पाँचको बदला पाँचै जना पूर्व माओवादीलाई आफ्नो पक्षमा पारेर मन्त्री बनाए । जसमध्ये टोपबहादुर रायमाझी र मणिचन्द्र थापा केही दिन अघि नै कित्ता परिवर्तन गरेर गएका थिए ।

प्रभु शाह शुक्रबारमात्र ओली पक्षमा पुगेका थिए । गौरीशंकर चौधरीले पनि मन्त्री पद पाउने भएपछि कित्ता परिवर्तन गरेका थिए ।

दावा लामा बादलका विश्वासपात्र हुन् । बादल ओली पक्षमा पुगेपछि लामाले पनि मौका पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय