मंगलबार , बैसाख ४, २०८१

ललितपुर:

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा नवनियुक्त ऊर्जामन्त्री

टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पर्छाछु भनेर लागेकाहरू आफै पछारिएको बताउनु भएको छ ।

ललितपुर १ नं. निर्वाचन क्षेत्रमा आज आयोजित बृहत भेलालाई संवोधन गर्दै मन्त्री रायमाझीले आफ्नै सरकार ढालेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै ढलेको बताउनुभयो ।

‘केपी ओलीलाई पछारेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन खोज्नेहरू आफै पछारिएर सडकमा पुगे,’ रायमाझीले भन्नुभयो ।

उहाँले प्रतिपक्षीले पनि नगर्ने व्यवहार गरेर आफ्नै सरकार ढाल्न खोज्ने र हात खुट्टा बाँधेर काम गरेन भन्दै चिच्याउनेहरू पराजित भएको पनि प्रष्ट पार्नुभयो ।

उहाँले आफ्नै सत्ता ढालेर पुस माघको जाडोमा सडकमा जाने बेला अहिले नभएको धारणा पनि राख्नुभयो ।

अझै पनि केही नबिग्रिएको भन्दै उहाँले उहाँले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई पार्टीमै फर्कन आग्रह गर्नुभयो ।

‘तपाइहरूँ जस्तो नेता बनाउन धेरै लगानी परेको छ, चिसो सडकमा बस्न छोडेर पार्टीमै फर्कनुहोस, हामी तातो सोफामै राखौँला,’ रायमाझीको भनाई थियो ।

भूकम्प, नाकाबन्दी र महामारीमा ओलीको नेतृत्वमा भएका कामहरूको सवैले प्रसंशा नै गर्न लायक रहेको उहाँले बताउनु भयो ।

विपत्तिमा पनि विकासका ठुला ठुला आयोजनाहरू बढाएर ओलीले जनताको विश्वास जित्नुभएको उहाँको भनाई थियो ।

ओलीको सफलतालाई डाह गर्नेहरूले नै घेराबन्दी गरेको पनि रायमाझीको भनाई छ ।

पार्टी एकता देश र जनताको लागि आवश्यकता भए पनि कसै कसैलाई बाध्यता भएको उहाँले बताउनुभयो ।

‘पूर्वएमालेलाई आवश्यकता थियो, पूर्वमाओवादीलाई बाध्यता थियो पार्टी एकता,’ उहाँले भन्नुभयो ।

ठुलो हुँदै गएको पार्टी एमालेलाई दुई तिहाइको सरकार बनाउनुपर्ने भएकाले आवश्यकता र सिधिदै गएको माओवादीलाई आफ्नो साख जोगाउन पार्टी एकता बाध्यता भएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय