बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री

महेश बस्नेतले नेकपाको चुनाव चिन्ह र पार्टी कार्यालय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले लाने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

नेकपा ललितपुर जिल्लाको क्षेत्र नं. १ ले आयोजना गरेको वृहत भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीबाट पोइला गएका प्रचण्ड,

माधव तथा झलनाथ खनालले मुल पार्टी नेकपाको सूर्य चिन्ह र पार्टी कार्यालयमा आँखा नगाड्न चेतावनी दिनुभयो ।

जनताको बहुदलीय जनवाद तथा पूर्वएमालेको नासोको रुपमा रहेको सूर्य चिन्ह र पार्टी कार्यालयमा प्रचण्ड गुटले दावी गरेमा अबका दिनमा युवाहरुले धुम्वाराही,

बल्खुमात्र नभई पेरिसडाँडा समेत कब्जा गर्न सक्ने चेतावनी दिनुभयो ।

पूर्वमाओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर जनताको माझमा गएर जनमत प्राप्त गर्न चेतावनी दिँदै नेता बस्नेतले अर्काले बनाएको इतिहास र व्राण्ड लगेर जनतालाई भ्रममा पार्ने सपना नदेख्न आग्रह गर्नुभयो ।

सूर्य चिन्ह लिएर निर्वाचनमा पुगेका प्रचण्ड नक्कली भएको आक्रोस व्यक्त गर्दै उहाँले सूर्य चिन्ह प्रधानमन्त्री ओलीले नेतृत्व गरेको मुलधारको नेकपाको भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलाको श्रीमान्लाई छोडेर पोइला गएकी महिलाले पूर्वपतिको थर राख्छु भनेर हुन्छ ? माधव–झलनाथ पूर्वएमालेबाट पोइला गएका हुन ।

अब त्यो इतिहास माधव झलनाथले समाप्त पार्नुभएको छ । त्यसमा अब उहाँहरुले आँखा नलगाए हुन्छ । हसिया हथौडा र पेरिस डाँडा नै उहाँहरुको लोगो तथा पार्टी कार्यालय हो ।

यदी धुम्वाराही, बल्खुमाथि आँखा लगाउँछन् भने युवाहरु पेरिसडाँडालाई समेत कब्जा गर्नेछन् ।’

नेकपामा प्रचण्डले समस्यामा परेर बास बसेको उल्लेख गर्दै नेता बस्नेतले बास बसेको ठाउँबाट आफ्नो व्यक्तिगत स्वार्थ तथा कुर्सीको लोभ पुरा नहुने भएपछि त्यहाँबाट केही भ्रष्ट, माफिया,

दलालहरुको केही झुण्डलाई लिएर गएको आक्रोस व्यक्त गर्नुभयो ।

‘प्रचण्डले व्यक्तिगत तथा राजनीतिक रुपमा गंभिर मोडमा पुगेपछि नेकपामा बास बस्नुभयो’ उहाँले भन्नुभयो, ‘बास वसेको घरवेटीको छोरी लिएर जानुभयो । छोरी लगे पनि थर र गोत्र लान सक्नुहुन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय