शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं, पुस ११:

संसद विघटनविरुद्ध दोलखामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरको घाँटीमा राखेर प्रदर्शन गरिएको छ।

चरिकोट बजारमा शनिबार यसरी प्रदर्शन गरिएको केहीबेरमै प्रदर्शनकारीबाट प्रहरीले कुकुर र तस्बिर खोसेका थिए।

हाल नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध देशभर विरोध कार्यक्रम जारी राखेका छन्।

शनिबार कुकुरको गलामा प्रधानमन्त्रीको तस्बिर राखिएर प्रदर्शन गरिएको विषयमा भने सामाजिक सन्जालमा चर्को विरोध भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय