मंगलबार , बैसाख ११, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाईँ पनि आगामी निर्वाचनको उम्मेदवारमा सिफारिस भएका छन् ।मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका तीनजनाको नाम सिफारिस गरेको छ। जसमा प्रचण्डका ज्वाईँको नामसमेत छ ।

 

माओवादी केन्द्र मोरङ ६ ‘क’ समितिले आगामी मंसिर ४ गते हुने प्रदेशसभा चुनावका लागि प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यसहित तीनजनाको नाम सिफारिस गरेको हो। जीवन आचार्य प्रचण्डकी कान्छी छोरीका श्रीमान हुन् ।

 

प्रदेशसभाका लागि प्रचण्डका ज्वाइँसमेत रहेका आचार्य, प्रभात घिमिरे ‘विनोद’ र दुष्यन्त भट्टराईको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ ।

 

क्षेत्रीय कमिटीको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य हेम कार्कीको नाम सिफारिस गरेको छ।

 

सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली बंगलादेश निर्यात हुन्छ – पुन

 

पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि वातावरण बन्दै गएको बताएका छन्।त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई बिहीबार भिजिटिङ प्रोफेसरका रुपमा कक्षा लिने क्रममा उनले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताए। विद्युत्को बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उनको भनाइ थियो।

 

सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उनले निकट भविष्यमै बङ्गलादेशको बजारसमेत नेपालका लागि खुल्ने विश्वास व्यक्त गरे।

 

उनले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जीएमआर) ले उत्पादन गर्नेमध्येको पाँच सय मेगावाट बराबरको बिजुली बंगलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताए।

 

जीएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उनले बंगलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको स्पष्ट गरे।

 

विश्वव्यापी बोलपत्रका माध्यमबाट जीएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो। आयोजनाको म्याद पटकपटक थप भए पनि थप प्रगति हुन सकेको छैन।त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई बिहीबार भिजिटिङ प्रोफेसरका रुपमा कक्षा लिने क्रममा उनले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताए। विद्युत्को बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उनको भनाइ थियो।

 

सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उनले निकट भविष्यमै बङ्गलादेशको बजारसमेत नेपालका लागि खुल्ने विश्वास व्यक्त गरे।

 

उनले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जीएमआर) ले उत्पादन गर्नेमध्येको पाँच सय मेगावाट बराबरको बिजुली बंगलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताए।

 

जीएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उनले बंगलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको स्पष्ट गरे।

 

विश्वव्यापी बोलपत्रका माध्यमबाट जीएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो। आयोजनाको म्याद पटकपटक थप भए पनि थप प्रगति हुन सकेको छैन।

 

पछिल्लोपटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ। जीएमआरले पाँच सय मेगावाट बिजुली बंगलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ।

 

उपमहासचिव पुनले भारतको अर्को कम्पनी सतलजले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् निकासीका लागि थप वातावरण बनाउने भएकाले सरकारले दीर्घकालीन हितका साथ काम गरिरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय