
काठमाडौं:

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएपछि देशको सिंगो राजनीतिलाई त्यसले तरंगित पारेको छ ।
नेपाली काँग्रेसभित्र ओलीको कदमपछि कसरी जाने भन्नेबारे चर्र्र्कोे बसह छ ।
सभापति शेरबहादुर देउवा मध्यावधि चुनावको तयारीमा लागिहाल्नुपर्ने पक्षमा छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल संसद बिघटनको विरोधमा आन्दोलनमा जानुपर्ने पक्षमा छन् ।
देउवाले संसद बिघटन र वैशाखमा तोकिएको मध्यावधि चुनावलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गर्न थालेका छन् ।
आगामी वर्षको शुरुमै महाधिवेशन गर्नुपर्ने वाध्यता देउवालाई छ ।
मध्यावधि चुनाव भएमा महाधिवेशन सर्ने र टिकट बाँडफाँड आफैले गर्न पाइनेमा देउवाको ध्यान छ ।
उनी पक्षधर नेताहरुले मध्यावधि चुनावको तयारीमा जानुपर्नेमा जोड दिइरहेका छन् ।
केन्द्रीय सदस्यहरु एनपी साउद, डा. नारायणका खड्काका अलावा उपसभापति विमलेन्द्र निधि पनि चुनावमा केन्द्रित हुनुपर्ने सार्वजनिक रुपमा बोल्दै आएका छन् ।
देउवालाई काँग्रेसको १४ औं महाधिवेशन सजिलो छैन । पार्टीलाई कमजोर बनाएको र प्रमुख प्रतिपक्षी दलको नेता हुँदा पनि कमजोर भुमिका प्रदर्शन गरेको आरोप छ ।
यसअघि भएको चुनावमा काँग्रेस कमजोर हालतमा पुगेको अपजस पनि देउवालाई छ ।
कमजोर अवस्थामा रहेका देउवाले महाधिवेशनलाई एक वर्ष पछाडि धकेलिसकेका छन् ।
यसपटक चुनावकै बहानामा धकेल्न पाउने अवस्था छ । त्यसैले उनले ओलीको कदमलाई मौकाका रुपमा लिन थालेका छन् ।