शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेकपा असन्तुुष्ट समहुका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ

नेता रामचन्द्र पौडेललाई संसद पुर्नस्थापना हुने बितिकै विद्यादेवि भण्डारीलाई हटाएर

राष्ट्रपति बनाइदिने आश्वासन दिएपछि पौडेलले प्रचण्ड र माधव नेपाल समुहको निर्देशनमा सडक आन्दोलन गर्न कांग्रेसलाई दबाब दिएको थाहा भएको छ ।

संसद बिघटन भएकै दिन पौडेलले माधव नेपाल निवास कोटेश्वरमा प्रचण्ड र माधव नेपालसंग गोप्य वार्ता गरेका थिए र शेरबहादुर देउवालाई विस्वास गर्ने स्थिति

नभएकोले तपाईले कांग्रेसलाई अघि बढाउनुपयो भनेर प्रस्ताव गरेका थिए ।

सोहि वार्तामा प्रचण्ड नेपाल समुहसंग मिलेर सडक संघर्षमा जाने मौखिक सहमति गरेका थिए ।

प्रचण्डले ऊनलाई म अरु जस्तो मान्छे होइन बोलेको पुयाउँछु म तपाईलाई राष्ट्रपति बनाएरै छोड्छु भनेपछि मख्ख परि त्यहाँबाट पौडेल फर्किएका थिए ।

त्यहि अनुरुप पौडेल मेलमिलाप दिवसकै दिन बसेको कांग्रेस बैठकमा पाटिलाई आन्दोलनमा जान दबाब दिएको थाहा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय