बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई जेल हाल्ने षड्यन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् ।

ओलीले आफ्ना सवै विरोधीहरुलाई जेल हाल्ने षड्यन्त्र गरिरहेको आफु निकट केन्द्रीय समितिको बैठकमा बताए ।

‘म लगायत हामी सवैलाई जेल हाल्ने षड्यन्त्र ओलीले गरिरहेका छन्’,

केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने ‘अबैधानिक बाटोबाट संबैधानिक परिषदको नियुक्ति त्यसकै उदाहरण हो ।’

नेकपाका दुवै पक्षले आआफ्ना केन्द्रीय समितिका बैठकहरु राखेर फुटको औपचारिकतालाई पुरा गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटेको हो । बहुमत केन्द्रीय सदस्य प्रचण्ड माधव समुहमा छन् ।

बहुमत केन्द्रीय सदस्यहरुको बैठकमा प्रचण्डले आफुहरुलाई विभिन्न बहानामा जेल हाल्न लागेको बताए ।

ओली तानाशाह भएको बताउँदै प्रचण्डले उनीविरुद्ध सशक्त प्रतिवाद र आन्दोलनको तयारी गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन् । आजदेखि नै प्रचण्ड माधव नेकपाले विरोध कार्यक्रम गर्दैछ ।

प्रधानमन्त्री ओलीले संसद नचलेका बेला संबैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए ।

अध्यादेश मार्फत अख्तियार, निर्वाचन आयोगसहित ४५ पदमा पदपूर्ति गरेका थिए । प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख अनुपस्थित बैठकबाट ओलीले ४५ पदमा पदपूर्ति गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय