शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

छुट्टिएको पाँच वर्षपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँ आउने अवस्था बनेको छ ।

आमाचकारी गाली गर्दै बाबुरामले प्रचण्डलाई त्याग्नुभएको थियो ।

अहिले आएर प्रचण्ड र बाबुरामका मुद्दा, विचार, राजनीतिक दृष्टिकोण र भावी रणनीति सबै मिलेको छ ।

यही कारण बाबुराम र प्रचण्ड एकै ठाउँ आइपुग्नुभएको छ ।

भारतलाई हेर्ने दृष्टिकोण, केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र राजनीतिक स्थायित्व भत्काउने विषयमा उहाँहरु बीच पहिले देखि नै एकमतो देखिन्थ्यो ।

ओली सरकार ढाल्न प्रचण्डलाई बाबुरामले सकेसम्म सघाइरहनुभएको थियो । सरकार ढाल्नका लागि प्रचण्ड बाबुरामहरुले ओलीको छवी खुइल्याउनुपर्छ भन्ने बुझ्नुभएको थियो ।

त्यसैले ओलीलाई बदनाम बनाउने, हिलो छ्याप्ने अभियानमा प्रचण्ड र बाबुराम एक ठाउँ उभिनुभएको थियो । चुनाव हुन नदिने, चुनाव भाँडेर मुलुकम पुन अराजकता र अस्थिरता सिर्जना गर्ने नियत पनि दुई नेताकाे मिलेकाे छ ।

दुवै नेताले अब चुनावकाे धुँवाधार विराेध गर्ने देखिएकाे छ । ओली विरुद्ध एकढिका हुने क्रममा प्रचण्ड र बाबुराम क्रमश नजिकिँदै आउनुभएको थियो ।

ओलीलाई नेकपाभित्र एक्ल्याउनुपर्छ, हटाउनुपर्छ, कारवाही गर्नुपर्छ भनेर बाबुरामले खुलेआम विचार राख्दै प्रचण्डहरुलाई सघाउँदै आउनुभएको थियो ।

अन्ततः नेकपा विभाजित भयो, अब प्रचण्ड र बाबुराम एक ठाउँ आउने अपरिहार्य अवस्था सिर्जना भएको छ ।

ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रचण्डहरुले संख्या पुराउन नसकेको अवस्थामा जनता समाजवादीले पनि सघाउने भएको थियो ।

अर्थात्, ओलीलाई सिध्याउने अभियानमा बाबुराम र प्रचण्डले निरन्तर सहकार्य गर्दै आउनुभएको थियो । एमालेसँग एमाओवादी मिसिँदा बाबुरामले पनि सँगै आउने विचार गर्नुभएको थियो ।

त्यसबेला गोरखामा उम्मेदवार बन्न पाउनुपर्ने बाबुरामको माग माओवादी पक्षले मानेन । तर, विभाजित भएको पाँच वर्षपछि र चुनाव भएको करिब तीन वर्षपछि बाबुराम र प्रचण्ड एकै ठाउँ आइपुग्नुभएको छ ।

एमालेसँग एकीकृत भएपछि प्रचण्डले जातीय, क्षेत्रीय, साम्प्रदायिक मुद्दाहरु खासै उठाउन पाउनुभएको थिएन । पूर्व एमालेहरु यस्ता मुद्दासँग असहमत थिए । यस्ता मद्दाहरुमा बोल्न नपाएर प्रचण्डलाई उकुसमुकुस भएको जगजाहेर छ ।

अब प्रचण्ड त्यस्ता मुद्दा उठाउन फुक्काफाल हुनुभएको छ । आफ्नो समूहमा रहेका सानो संख्याका एमालेहरुलाई ध्यानमा राखेर प्रचण्डले जातीय साम्प्रदायिक विचार त्याग्ने सम्भावना देखिँदैन ।

बाबुरामले भने जातीय, धार्मिक तथा साम्प्रदायिकता भड्काउने विचार निरन्तर दिँदै आउनुभएको छ ।

साम्प्रदायिकता फैलाउने वैचारिक धारका अगुवा प्रचण्ड र बाबुराम रहँदै आउनुभएको थियो । एमालेसँग एकीकरण गरेपछि प्रचण्डले त्यस्ता एजेण्डा खुलेर उठाउनुभएन तर विरोध पनि गर्नुभएको थिएन ।

जातीयता साम्प्रदायिकता फैलाउने खालका विचार विरुद्ध प्रचण्डले नेकपामा रहँदासम्म कहिल्यै विचार राख्नुभएन । अहिले पनि प्रचण्डले त्यस्ता विचारको विरोध गर्नुहुन्न । बरु, प्रोत्साहन नै दिनुहुन्छ ।

अब भने प्रचण्डले जातीयता तथा साम्प्रदायिकता सम्बन्धमा विगतमा जस्तै विचार दिने आकलन गरिएको छ । बाबुरामसँगको प्रचण्डको बढ्दो निकटाले पनि यही संकेत गर्छ ।

बाबुरामले कम्युनिष्ट विचार त्योगेको घोषणा गर्नुभएको छ तर प्रचण्डले त्यस्तो घोषणा गर्नुभएको भने छैन । दुवैको वैचारिक भावभूमि जातीयता र साम्प्रदायिकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय