बुधबार , बैसाख १२, २०८१

काठमाडौं:

पार्टी विभाजनको औपचारिकता पूरा गर्दै नेकपाका दुई समूहका बेग्लाबेग्लै बैठकहरु बिहीबार सम्पन्न भएका छन् ।

बैठकको अन्त्यमा ओली र प्रचण्ड दुवैले आ–आफ्नो समूहलाई सम्बोधन गर्दै भाषण गरे ।

प्रचण्ड–माधव समूहमा अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताए ।

निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिह्नबारे निर्णय लिनुपर्ने बेलामा अदालतले पुस १४ गते नेकपाको नामसम्बन्धी पेसी तोकेको बताउँदै प्रचण्डले प्रतिगामी षडयन्त्रको गन्ध ह्वास्सै आएको बताए ।

दिउँसो बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पणसमेत गरेका प्रचण्डले गणतन्त्र र संविधानको रक्षाका लागि कार्यकर्ताहरुलाई फेरि एकचोटि संघर्षमा उत्रन आह्वान गरे ।

संघर्ष नगर्ने हो भने प्रतिगमनलाई रोक्न नसकिने प्रचण्डले निष्कर्ष सुनाए ।

‘अहिले प्रतिनिधिसभा विघटनको सिफारिस र विघटनको स्वीकृतिसँगै जुन राजनीतिक संकट देशमा देखा परेको छ,

म यसका बारेमा केही कुराहरु कमरेडहरुलाई अलि गम्भीरताका साथ ध्यानाकर्षण गराउन जरुरी ठानेको छु’

बैठकको समापन मन्तव्यमा प्रचण्डले भने, म कमरेडहरुलाई जोड दिएर भन्न चाहन्छु,

‘मेरो अध्ययन, विश्लेषण र घटनाक्रम नजिकबाट नियालेर हेर्दा यो पार्टीभित्रको सामान्य अन्तरसंघर्ष मात्र होइन ।

कम्युनिस्ट आन्दोलन र नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरुलाई निस्तेज गर्ने र प्रतिगमनको आधार तयार पार्ने ठूलो डिजाइनअन्तर्गत नै यी सबै नाटकहरु मञ्चन भएका हुन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय