बिहिबार , बैसाख १३, २०८१

काठमाडौं:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले पद,

पैसा र परिवारमात्रै सोच्नेको हातमा देशलाई जिम्मा लगाउन नसकेको बताउनु भएको छ ।

उहाले तीन ‘प’ को पछाडीमात्र कुदिरहनेलाई भन्दा बरु जनतालाई बुझाउनु उपयुक्त ठानेर संसद भंग गरेको बताउनु भएको हो ।

केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाले भन्नुभयो, ‘देशभक्ति मनमा नभएका, लोकतान्त्रिक चिन्तन र चरित्र नभएका, देश र जनताको बारेमा कहिल्यै नसोच्ने, आफू,

आफ्नो परिवार, खासगरी तीन ‘प’ पद, पैसा र परिवार को बारेमा मात्रै सोच्नेहरूको हातमा देश सुम्पिन सकिँदैन् ।

त्यसकारण विघटनमा जानुपर्‍यो ।’ प्रधानमन्त्री ओलीले कसैको नाम नलिएपनि उहाले पुष्पकमल दाहाल, प्रचण्डप्रति सो लक्षित गर्नुभएको थियो ।

प्रचण्ड आफै पार्टी नेता, छोरी मतपत्र च्यातेर मेयर, बुहारी सांसद र पूर्वमन्त्री, छोरी नीजि सचिव, भाइ र भतिजा प्रदेश अध्यक्ष र राजदूत, ज्वाईहरु विभिन्न उच्चपदस्थ अधिकारीका पिएहरु रहेका छन् ।

उनका घेरबेटी सडक नबाउने र मल कहिले पनि नल्याउने ठेकदार समेत हुन् ।

पुष्पकमल दाहाल प्रचण्डलगायतको असन्तुष्ट समूहका नेताहरू देश र जनताको आवस्यकताविपरित कसैको इशारामा चलिरहेको बताउनु भयो ।

‘हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दूरवुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठेरोमा पर्ने स्थिति भयो। अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढङ्गले बोलेर अभियान चाल्नुभयो।

हामी एउटा देशबाट घेरिएका थियौं। चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु भएन। तीव्र भयो हमला’, उहाले भन्नुभयो ।

विगतमा चीनसँग परवाहन सन्धी गर्दा आफु नेतृत्वको सरकार ढलाउने नेता नै अहिले भारतको कब्जामा रहेको भूभाग नेपालको नक्सामा जोड्दा पनि तिनै नेता सरकार ढलाउन लागेको स्पष्ट देखिएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय