बिहिबार , चैत्र १५, २०८०

काठमाडौं :

नेकपा विवाद र विभाजनमा अहिलेसम्म तटस्थ बसेका गृहमन्त्री राबहादुर थापा बादल अब भने खुल्ने भएका छन् ।

बादलले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाउँदै पदबाट राजीनामा दिने भएका छन् ।

बादलले मंगलबार भैंसेपाटी पुगेर नेता वामदेव गौबतमसँग भेटेका थिए ।

लगत्तै बादललाई भेट्न प्रचण्ड मन्त्री निवास पुलचोक पुगे । त्यस क्रममा प्रचण्डले बादललाई केपी ओलीको ‘निरंकुश, प्रतगामी र असंवैधानिक’ कदमलाई साथ नदिन भनेका थिए ।

जवाफमा बादलले अन्तिममा आफू प्रचण्ड–माधव नेपाल पक्षमै रहने व्श्विास दिलाए ।

उनले परिस्थिति हेरेर आफूले राजीनामा दिने पनि बताए । स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहमा आफ्नो राजनीतिक हैसियत के हुने भन्ने चिन्ता बादलको थियो । जवाफमा प्रचण्डले उपाध्यक्षको जिम्मेवारी दिने बताएका थिए ।

‘उहाँ हामीतिर खेल्ने अवस्थामा पुग्नुभएको छ, प्रचण्ड–नेपाल पक्षका एक स्थायी समिति सदस्यले भने, ‘छिट्टै मन्त्री पदबाट राजीनामा गर्दै हुनुहुन्छ ।’

मोहन वैद्यसँग विद्रोह गरेर प्रचण्डसँग एकता गर्दा आफूसँगै आएका देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलबहादुर केसीसहित अधिकांश नेता कार्यकर्ताले बादललाई ओलीको कदममा साथ नदिन दबाब दिएका छन् ।

सोही दबाबका कारण पनि बादल ओलीको पक्षमा उभिन नसकेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय