बिहिबार , बैसाख ६, २०८१

एजेन्सि:

सामाजिक संजालमा सम्बन्ध जोडिने र टुट्ने घटना नौलो हैन ।

सामाजिक संजालमा चिनजान गरेर प्रेममा परेर राम्रो घर बसाएकाहरु नभएका हैनन् ।

तर कति जोडीहरु भने जीवनभर पछुताएर बसिरहेका छन । यस्तै रुपन्देही बुटवलका सुन्दर कुमार श्रेष्ठ र लम्जुंगकी संगीता श्रेष्ठबीच प्रेम भयो ।

परिवारले छुटाउन खोजे तर उनीहरु परिवारको वि’रु’द्धमा गएर भागेर विबाह गरे र नुवाकोटमा गएर डेरा गरेर बसे । त्यहाँ उनीहरु दुवैले साँझ बिहानको छाक टार्नको लागी मज्दुरी पनि गरे ।

बिहे गर्दाको समयमा संगीताले १२ पढ्दै थिईन् । जीवनको नयाँ अध्याय शुरु गरिरहंदा संगीताको परीक्षा आएको हुनाले उनलाई परीक्षा दिन पोखरा जानु पर्ने हुन्छ । र उनी पोखरा जान्छिन् ।

संगीता पोखरा गएकै बेला सुन्दर कुमार भने श्रीमती संगीतासंग सम्पर्कमा आउँदैनन् । सबै कुरा ठीक र राम्रै चलि रहंदा जब श्रीमान सुन्दर कुमार बेपत्ता भए तबदेखि संगीताको दिन पनि रात जस्तै भएर बितिरहेको छ ।

फेसबुके माया प्रेमको यो जोडी अहिले सुन्दर कुमार गायब भएदेखि संगीता श्रीमानको खोजीमा एक्लै भौंतारी रहेकी छन् । उनी भन्छिन्,‘म उस्लाई सात जुनीसम्म पनि कुर्न तयार छु ।’

फेसबुकबाट शुरु भएको चिनाजान र त्यसपछि निरन्तरको बोलीचालीले गर्दा बसेको माया प्रेमको शुरुवात नहुँदै अन्त्य भएको छ । सुन्दर र संगीताको सम्बन्धलाई परिवारले नस्वीकार्दा पनि यी दुवैले एकअर्काको साथ दिई नै रहे ।

त्यसैको नतिजा स्वरूप उनीहरुले भागी विबाह पनि गरे । अचानक के भईदियो सबै कुरा सक्किएको बताउँछिन् संगीता ।

श्रीमानको खोजी गरिदिन मिडियासंग गुहार माग्दै संगीता यसो भन्छिन । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय