बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

नेकपाका नेता महेश बस्नेतले पार्टीभित्र पूर्वमाओवादीहरू आफ्नो लागि गलगाड तथा ट्युमर भइसकेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर युवा संघको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता बस्नेतले पूर्वमाओवादीका साथीहरू आफ्नो लागि गलगाड सावित भइरहेको बताएका हुन्।

‘बन्दुकको बलमा सत्तामा पुगेका माओवादी मरणासन्न भएको अवस्थामा कमरेड केपी शर्मा ओलीले नै आइसियुमा राखेर फेरि जीवित बनाएका हुन्,’

पूर्वमन्त्री समेत रहेका बस्नेतले भने, ‘अहिले आएर त्यही हाम्रा लागि भूल सावित भएको छ।’

‘उहाँहरूको अवस्था चार्ली च्याप्लिन र धुर्मुुस सुन्तलीजस्तै भएको छ,’  उनले भने।  उनले नेपाली कांग्रेसले देखावटी रूपमा विरोध गरिरहेको आरोप समेत लगाए।

चुनाव नहुने भन्नेहरूलाई उनले चुनाव नहुने भ्रम नपाल्न आग्रह गरे।   ‘चुनाव नहुने र राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको कदम अदालतले उल्टाउने भ्रम नपाल्नुस्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय