शनिबार , बैसाख ८, २०८१

काठमाडौं:

केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ।

मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।

बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बनाएको छ।

बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।

बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।

नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।

पेश गरेर छलफल गरिएको थियो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्नेदेखि विभिन्न ७ वटा एजेन्डा प्रस्तुत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय