मंगलबार , बैसाख ४, २०८१

काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ ।

 

 

उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् ।भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीको सदस्य मनोनित गरिएको छ ।

 

 

एमालेले लगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरेको छ ।‘पार्टी अध्यक्ष (ओली) को चाहना उषाजीलाई उठाउने छ,

 

 

 

’ भण्डारीसँगै कमिटीमा रहेका एमाले नेताले भने, ‘उषाजी उठ्दा जननेता मदनको सम्मान नै हुने, अनि सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जान्छ भन्ने बुझाई हो ।

 

 

अहिले पार्टीमा त्यस्तो स्पिरिट चाहिएको पनि छ ।’ती नेताले काठमाडौं महानगरमा सुनिता डंगोलको उपमेयर उम्मेदवारी सफल भएको उदाहरण पार्टीभित्र चलिरहेको बताए ।

 

 

 

भण्डारीलाई काठमाडौं २ मा लैजान सकिने एमालेका नेताहरुले बताएका छन् ।यसअघिका चुनावहरुमा माधव नेपालले लड्दै आएको क्षेत्रमा भण्डारी जाँदा कार्यकर्तामा सही सन्देश जाने उनीहरुको भनाइ छ ।

 

 

अखिल नेपाल महिला संघबाट राजनीतिमा प्रवेश गरेकी भण्डारी एमालेका पूर्वमहासचिव मदन भण्डारी तथा राष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय