बिहिबार , बैसाख १३, २०८१

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला आलोचित बनेका छन् । खासगरी काठमाडौका लोकप्रिय मेयर बालेन शाहलाई फोहोरको विषयलाई लिएर एकोहोरो गिज्याइरहेपछि साम्पाङको तीव्र आलोचना भएको छ ।

 

ठूला राजनीतिक दलका उम्मेदवारहरुलाई हराउँदै चुनाव जितेपछि विभिन्न सामाजिक अभियानहरुका कारण लोकप्रिय बन्दै आएका साम्पाङले काठमाडौको फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालबाट बारम्बार जिस्काएका थिए ।

 

मेयर शाहले पनि प्रत्युत्तरमा उनलाई व्यंग्य गर्दै कमेन्ट गरे । त्यसपछिका साम्पाङका फेसबुक पोष्टहरुमा आलोचनाहरुको बाढी आएको छ ।

 

खासमा काठमाडौका मेयरलाई फोहोर व्यवस्थापनको अर्ति दिने साम्पाङले आफ्नै नगरको फोहोर व्यवस्थापन गर्न सकेका छैनन् । धरान उपमहानगरपालिकाले वर्षौंदेखि फोहोर जंगलमा जलाउने गरेको छ । यसबाट एकातिर जंगल प्रदूषित बनेको छ भने अर्कोतिर धुँवाका कारण वन्यजन्तुका साथै वरीपरीका वासिन्दाहरु प्रभावित बनेका छन् । आफनो सय दिनको कार्यकालमा हजारौं विरुवा रोपेको भनेर प्रचार गरेका साम्पाङले जंगलको पारिस्थितीक पद्धती नष्ट हुने गरी फोहोर फाल्ने र जलाउने कामलाई रोक्न सकेका छैनन् ।

 

धरानका २० वटा वडाबाट जम्मा हुने ५० टन फोहोर मध्ये धरान उपमहानगरले ३० टन मात्रै फोहोर उठाउने गरेको छ । त्यसमध्ये आधा मात्रै फोहोर बाट धरान ६ पानमारामा रहेको भेन्चर वेष्ट इनर्जी प्रालीले ग्याँस उत्पादन गर्ने गरेको छ । नकुहिने १५ टन फोहोर तरहरा र धरानको बिचमा पर्ने चारकोशे झाडीमा फालेर जलाउने गरिएको छ ।

 

उक्त फोहोरले रुख विरुवा मात्र मरेका छैनन्, जङ्गली जनावरहरुसमेत पलायन भएका छन् । त्यती मात्र होइन, फोहोरमा आगो लगाउँदा निस्केको धुँवाले इटहरी १९ भवानीपुरका करिब ३ सय घर परिवारमा घरैपिच्छे बिरामी बढीरहेका छन् । पटकपटक आन्दोलन गर्दै आएपनि समस्या सुनुवाई नगरेको भवानीपुरकी लक्ष्मी चौलागाईको भनाई छ । धुँवाकै कारण स्थानीयहरु बसाइ सरेर गएका छन् ।

 

मेयर साम्पाङ चुनाव जितेसँगै बारम्बार विवादमा पर्न थालेका छन् । अविभावकको रुपमा मिलाएर लानुपर्ने राजनीतिक दलहरुलाई बारम्बार गाली गरिरहने, समन्वय नगर्ने, उपलब्धीको लागिभन्दा पनि चर्चाको लागि काम गर्ने गरेको आरोप उनीमाथि लाग्न थालेको छ ।

 

धरानको व्यवस्थित विकासको मुल काम छाडेर अरु नगरको आलोचना गर्न थालेपछि पहिले साम्पाङको आलोचना सुन्नै नसक्ने र प्रतिवादमा उत्रिहाल्ने समर्थकहरु पनि दिक्क बनेका छन् । गम्भीर विषयमा पनि हल्का फुल्का टिप्पणीले उनको लोकप्रियता घटाउँदै लगेको छ ।

 

दिनमै दर्जनौं फेसबुक पोष्ट गर्ने उनले उक्त फोहोर ब्वस्थानको कुनै कुरै नगरेको विषाक्त धुवाबाट पिडीत स्थानियको गुनासो छ।-सगरमाथाप्रेसबाट

 

बाँकी ग्यालेक्सी 4k

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय