बिहिबार , बैसाख १३, २०८१

नेपाली कांग्रेसकी एक सांसद राष्ट्रपतिको पक्षमा उभिएकी छन् । बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद पार्वता डीसी चौधरीले राष्ट्रपतिको कमदमको सम्मान गर्नुपर्ने बताएकी हुन् ।

 

‘राष्ट्रपतिमाथि धेरै टिका टिप्पणी गर्नु उपयुक्त होइन । नागरिकता विधेयक जसरी आएको छ, सत्तापक्षको भएकाले समर्थन गरेकी छु । तर, व्यक्तिगत आत्माले ठीक मानेको छैन । सबै नागरिक आन्दोलित छन् । पाँच महिनापछि नयाँ सदन आउँछ । अहिले ल्याउनुपर्ने के हतारो थियो ?’, उनले प्रश्न गरिन् ।

 

विधेयकमा रहेको वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सोचनीय रहेको उनले बताइन् । ‘जो आए पनि दिने भए विज्ञापन खोल्दिउँ’, उनले भनिन् ।

 

पार्टी सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा नियुक्त गर्दा आफू नपरेको भन्दै चौधरीले मंगलवार कांग्रेस त्याग्ने घोषणा गरेकी थिइन । ‘राष्ट्रभन्दा ठूलो मेरो पार्टी होइन म होइन । हामीहरू पार्टीभन्दा माथि उठेर बोल्नुपर्छ राष्ट्रपतिले पठाएको ठीक छ, उहाँको सम्मान गर्नुपर्छ’ उनले भनिन् ।

 

कांग्रेस सांसदले राष्ट्रपतिको कदमको समर्थन गर्दा एमाले सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए । अाजै नेपाल नागरिकता (पहिलो संशोधन)विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ ।

 

प्रतिनिधि सभाको बिहीबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डाले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित भएको हो ।

 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मत विभाजन माग गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले नागरिकता विधेयकमाथि मतदान गराएका थिए । जसमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख सापकोटाले जानकारी गराए ।

 

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय