प्रचण्डलाई ओलीले दिए यस्तो प्रस्ताव: जे भयो भयो भन्दै अब दुबै मिलेर यस्तो गर्ने

५ पुस, काठमाडौं:

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको

सिफारिस गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् ।

संसदको विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले प्रचण्डलाई भेटेका थिए ।

बालुवाटारमा भएको भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताएका थिए ।

‘यसले संसद विघटन मात्र होइन, प्रतिगमनतिर लैजान खोजेको त होइन भने आशंका उत्पन्न भएको छ’ प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं र जितेर आऔं’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाए ।

त्यहीबेला राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको सूचना आएपछि प्रचण्ड उठेर थिए ।

२०७७ पुष ५, आईतवार १४:१९ गते 0 Minutes 499 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार