शुक्रबार , चैत्र १०, २०७९

काठमाडौं, ५ पुष:

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले

संसद विघटन गर्ने कदम चालेपछि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा बसेको जसपा, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरुको छलफलमा नेता नेपालले यस्तो बताएका हुन् ।

बैठकको सुरुवातमा जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुरा भट्टराईले खोई त तपाईँहरुले केपी ओलीलाई कारबाही गरेको ?

भनेर सोधेको प्रश्नमा नेता नेपालले अब बस्ने केन्द्रीय कमिटी बैठकबाट ओलीलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गरिने जनाएको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

जनता समाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक,

अलोकतान्त्रिक र निरंकुश रहेको ठहर गरेको जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुरामले भट्टराईले जनाएका छन् । ओलीको उक्त कदमकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरिएको पनि उनले जनाएका छन् ।

त्यस्तै, सरकार अब कुन पार्टीको हो भनेर नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरिएको उनले स्पष्ट पारेका छन् ।

भट्टराईले तीन दलको बैठकको निर्णय सुनाउँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,”जसपा,नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलकोअफिसमा बसियो।

प्रम केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक/अलोकतान्त्रिक/निरंकुश रहेको ठहर गरियो।यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो।यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो!”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय