शुक्रबार , बैसाख ७, २०८१

बर्दियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमसँग चुनाव हारेका बामदेव गौतम यसपटक प्यूठानबाट चुनाव लड्ने निश्चित भएको छ।

 

गत वैशाखमा भएको स्थानीय चुनावमा सत्ता गठबन्धनहरुले प्राप्त गरेको मत संख्या नेकपा एमालेले प्राप्तको गरेको भन्दा धेरै हुने भएपछि सुरक्षित स्थानको खोजी गर्दै बामदेव प्यूठानबाट उठ्ने निर्णय गरेको स्रोतले बतायो। बामदेव यसपटक माओवादीकै चुनाव चिह्र लिएर प्यूठानबाट सत्तागठबन्धनको सहयोगमा चुनाव लड्न लागेका हुन्।

 

गौममका स्वकिय सचिव दिपक टमाटाले बामदेव गौतमले यसपटक बर्दिया छाडेर प्यूठानबाट चुनाव लडने जानकारी दिए। ‘उहाँ यसपटक प्यूठानबाट चुनाव लडनुहुन्छ’, उनले नागरिकन्यूजसँग भने। अघिल्लो २०७४ को चुनावमा बामदेव बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए। उनलाई कांग्रेसका सञ्जयकुमार गौतमले हराएका थिए। २०७० को चुनावमा बर्दिया र प्यूठान दुवै क्षेत्रबाट चुनाव जितेका थिए।

 

पछिल्लो निर्वाचनमा दुई स्थानबाट चुनाव लड्ने नपाइने व्यवस्था गरिएपछि उनी बर्दियाबाट मात्र उठेका थिए। बर्दियाबाट चुनाव हार्नुको प्रमुख कारण ‘अन्तरघात’ रहेको गौतमको निष्कर्ष छ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि कतै नलागेर गौतमले आंफैले केही समयअघि मात्र नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका छन्।

 

एमालेभित्रको अन्तरघातले तर्सिएका बामदेव प्यूठानमा गएर नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापासँग भिड्ने संभावना बढेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा लड्ने बुझिएको छ। गौतम र थापाबीच राम्रै प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय